Like us!
Follow us!
Connect us!
Watch us!

चीनबाट आइपुग्यो ४४ लाख डोज भेरोसेल खोप

अर्थ संसार

शुक्रबार, ०१ असोज २०७८, १५ : ०० मा प्रकाशित

चीनबाट आइपुग्यो ४४ लाख डोज भेरोसेल खोप

सरकारले खरीद गरेको कोभिड १९ विरुद्धको चिनियाँ भेरोसेल खोप काठमाडौं आइपुगेको छ ।

वरिष्ठ क्याप्टेन विजय लामाको नेतृत्वमा नेपाल वायुसेवा निगमको विमान ४४ लाख मात्रा खोप लिएर शुक्रबार दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएको स्वास्थ्य मन्त्रालय खोप महाशाखा प्रमुख डाक्टर सागर दाहालले जानकारी दिएका छन् । खोप ल्याउन विमान बिहीबार राती बेइजिङ उडेको थियो ।

खोपलाई टेकुस्थित स्टोरमा भण्डारण गरिने दाहालले बताए । उनका अनुसार खोप तुरुन्तै लाउन सुरु गरिनेछ । 'हामी तयार छौं । निश्चित उमेर समूहलाई लगाउँछौं,' उनले भने ।

हालसम्म ५० वर्षउमेर समूहलाई कभर गरिसकेको भन्दै उनले त्यो भन्दा तलको उमेरमा कतिसम्म कभर गर्न सकिन्छ हेरेर खोप लगाउन सुरु गरिने बताए । हिमाली १० जिल्लालाई पूर्ण रुपमा समेट्ने योजना रहेको उनको भनाइ छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको