Like us!
Follow us!
Connect us!
Watch us!

शुक्रबारदेखि भेरोसेलको दोस्रो डोज लगाइँदै, काठमाडौंमा यी १४७ केन्द्र

अर्थ संसार

विहीबार, २१ साउन २०७८, १७ : ०४ मा प्रकाशित

शुक्रबारदेखि भेरोसेलको दोस्रो डोज लगाइँदै, काठमाडौंमा यी १४७ केन्द्र

भाेलि (साउन २२ गते, शुक्रबार) देखि साउन २४ गतेसम्म नेपालका ७७ वटै जिल्लामा कोभिड-१९ विरुद्धको भेरोसेल खोपको दोस्रो मात्रा लगाइँदैछ । पहिलो मात्रा भेरोसेल खोप लगाइसकेका व्यक्तिहरूलाई भाेलि (साउन २२ गते, शुक्रबार) देखि दोस्रो मात्रा खोप लगाइने भएकाे हाे। 

कोभिड-१९ विरुद्धको भेरोसेल खोपको लागि काठमाडौं जिल्लामा १४७ वटा खोप केन्द्र तोकिएको छ । जिल्ला स्वास्थ्य कार्यालय काठमाडौंका अनुसार पहिलो मात्रा लगाउँदाको कार्ड, विद्युतीय दर्ता गर्दाको प्रिन्ट तथा फोटोसहितको नम्बरको आधारमा खोप लगाउन पाइनेछ ।

याे खाेप पहिलो मात्रा लगाएको २१ दिन पुरा भएको, ५५ वर्ष वा सोभन्दा माथिल्लो उमेरका सबै नागरिकहरु, विश्वविद्यालय र विद्यालयका प्राध्यापक, कर्मचारी, शिक्षक, सार्वजनिक यातायातका चालक र सहचालक र खोप अनिवार्य गरिएका मुलुकमा जाने श्रमिकहरूले मात्र लगाउन पाउनेछन् ।

काठमाडौं जिल्लाका १४७ वटा खोप केन्द्रहरू यस प्रकारका छन् :

610bcabd73207.jpg 610bcac3a2867.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको