Like us!
Follow us!
Connect us!
Watch us!

चीनबाट थप १६ लाख डोज भेरोसेल खोप २३ अक्टोबरसम्म आइपुग्ने

अर्थ संसार

बुधबार, २० असोज २०७८, १६ : ४२ मा प्रकाशित

चीनबाट थप १६ लाख डोज भेरोसेल खोप २३ अक्टोबरसम्म आइपुग्ने

चीनले सहयोग गर्ने थप १६ लाख डोज भेरोसेल खोप २३ अक्टोबरसम्म काठमाडौं आइपुग्ने भएको छ।

चीन सरकारको सहयोगमा प्राप्त उक्त खोप २०, २२ र २३ अक्टोबरमा आइपुग्ने स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले जानकारी दिए। चीन सरकारले पाँच मिलियन युयान रेनमिन्बी बराबरको चिकित्सा सामग्री सहायता गर्ने उनको भनाइ छ । 

नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीसँगको छलफलमा चीन सरकारले उक्त रकम बराबरको सहायता गर्ने बताइएको छ। उक्त सहायता नेपालमा कोभिड प्यानडेमिकको तेस्रो लहर नियन्त्रणका लागि उपयोग गरिने श्रेष्ठको भनाइ छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको