Like us!
Follow us!
Connect us!
Watch us!

५ वटा लघुवित्तकाे लाभांश घाेषणा, कुनकाे कति?

अर्थ संसार

आइतबार, ०३ असोज २०७८, १२ : ३४ मा प्रकाशित

५ वटा लघुवित्तकाे लाभांश घाेषणा, कुनकाे कति?

हालसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचिकृत ५ वटा लघुवित्तहरूले गत आर्थिक वर्ष २०७७/७८ काे मुनाफाबाट आफ्ना सेयरधनीहरूलाई वितरण गर्ने लाभांशकाे घाेषणा गरेका छन् । मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेड, डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेड, फर्स्ट माइक्राेफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड, स्वराेजगार लघुवित्त वित्तीय संस्था लिमिटेड र साधना लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घाेषणा गरेका हुन् ।

लाभांश घाेषणा गरेका ५ वटा लघुवित्तमध्ये सबैभन्दा धेरै साधना लघुवित्तले २६.३२ प्रतिशत र सबैभन्दा थाेरै फर्स्ट माइक्राेफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले १०.५३ प्रतिशत लाभांश वितरण गर्ने भएकाे छ । 

हेर्नुस् कुनकाे कति ?

१. साधना लघुवित्त वित्तीय संस्था लिमिटेड

साधना लघुवित्त वित्तीय संस्था लिमिटेडकाे भदाै २४ गते, बिहीबार बसेकाे सञ्चालक समितिकाे बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई चुक्ता पूँजीको २५ प्रतिशत बोनस सेयर र कर प्रयाेजनका लागि १.३२ प्रतिशत नगद गरी कुल २६.३२ प्रतिशत लाभांश वितरण गर्ने घाेषणा गरेकाे छ ।

२. स्वराेजगार लघुवित्त वित्तीय संस्था लिमिटेड

स्वराेजगार लघुवित्त वित्तीय संस्था लिमिटेडकाे भदाै २२ गते, मंगलबार बसेकाे सञ्चालक समितिकाे बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई चुक्ता पूँजीको २५ प्रतिशत बोनस सेयर वितरण गर्ने घाेषणा गरेकाे छ । संस्थाले जनकपुर लघुवित्तलाई प्राप्ति गरी गत असाेज २५ गतेदेखि एकिकृत काराेबार गरेकाे हुनाले बाेनसमा कर लाग्दैन । 

३. डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेड

डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडकाे भदाै १७ गते बसेकाे सञ्चालक समितिकाे बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई चुक्ता पूँजीको २० प्रतिशत बोनस सेयर र कर प्रयाेजनका लागि १.०५३ प्रतिशत नगद गरी कुल २१.०५३ प्रतिशत लाभांश वितरण गर्ने घाेषणा गरेकाे छ ।

४. मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेड

मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडकाे साउन ३० गते शनिबार बसेको सञ्चालक समितिकाे बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई  चुक्ता पूँजीको २० प्रतिशत बाेनस सेयर वितरण गर्ने घाेषणा गरेकाे छ । संस्थाले आर्थिक वर्ष २०७६/७७ र २०७७/७८ मा मर्जर तथा प्राप्ति कार्य सम्पन्न गरी दुई संस्था प्राप्ति गरी एकीकृत कारोबार शुरु गरेको हुँदा आयकर ऐन २०५८ बमोजिम सेयरधनीलाई बोनस वितरण गर्दा कर नलाग्ने भएकोले कर प्रयोजनको लागि नगद लाभांश भने छुट्याइएको छैन  ।

५. फर्स्ट माइक्राेफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड

फर्स्ट माइक्राेफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडकाे भदाै १९ गते, शनिबार बसेकाे सञ्चालक समितिकाे बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र कर प्रयाेजनका लागि ०.५३ प्रतिशत नगद गरी कुल १०.५३ प्रतिशत लाभांश वितरण गर्ने घाेषणा गरेकाे छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Laaj sharanam

सम्बन्धित खबर

धेरै पढिएको