Like us!
Follow us!
Connect us!
Watch us!

विराटनगर–काठमाण्डौं ‘बुलेट एसी’ बस सञ्चालनमा

अर्थ संसार

मंगलबार, ०५ असोज २०७८, ११ : ३२ मा प्रकाशित

विराटनगर–काठमाण्डौं ‘बुलेट एसी’ बस सञ्चालनमा

विराटनगरसहित प्रदेश १ को धरान र काकडभिट्टाबाट काठमाडौँका लागि बुलेट एसी बस सञ्चालनमा आएको छ । विराटनगर–काठमाण्डौंका लागि सुविधा सम्पन्न बुलेट एसी बस सञ्चालनमा आएका हो ।

बुलेट एसीले देशभरका सात सहरका लागि काठमाडौँदेखि यो बस सञ्चालन गर्ने भएको हो । विराटनगर – काठमाडौँको लागि १ हजार ७ सय ५५ रुपैयाँ पर्ने बुलेट बसको यात्रा भाडालाई दशैं अफरका रुपमा एक हजार ५०० रुपैयाँ कायम गरिएको छ । 

भाइकिङ्ग बस भएका कारण यस बुलेट एसी बसको सिट क्षमता ३९ रहेको छ । यसका सवार यात्रुका लागि कम्पनिले प्राथमिक स्वास्थ्य उपचारका लागि प्रयोग गरिने स्वास्थ्य किट उपलब्ध गराउनेछ । कोरोना संक्रमणको जोखिम न्यूनीकरणका लागि आवश्यक पर्ने सामाग्री किटमा समावेश गरिएको हुन्छ । किट उपलब्ध गराए वापत यात्रुले छुट्टै रकम बुझाउनु पर्नेछैन । किटमा पानी, ग्लोब्स, मास्क र केहि रुघाखोकी लाग्दा सेवन गर्ने औषधीहरु समावेश गरिनेछ । सरोज न्यौपाने र उमेश खड्का लगायतले यो बुलेट बस प्राइभेट लिमिटेडमार्फत सातवटा बस सञ्चालनमा ल्याएका हुन् ।

१० करोड ५० लाखको लागतमा संचालनमा ल्याईएको बुलेट बसमा हवाई जहाजको जतिकै सुबिधा रहेको दाबी गरिएको छ । यात्राको लागि यात्रुले अनलाईन तथा बुकिङ काउन्टरबाट टिकट लिन पाउने व्यवस्था गरिएको छ । बुलेट बस सञ्चालक समुहले २७ सिटर बस २-१ सोफा लक्जरी सिट सहितको बसहरु सञ्चालनको तयारी समेत गरेको छ । त्यसमा भने शौचालयको सुविधा बस भित्रै हुनेछ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको