Like us!
Follow us!
Connect us!
Watch us!

केपी ओली हरुवा हो, भगौडा हो : प्रचण्ड

अर्थ संसार

विहीबार, ०७ असोज २०७८, १५ : ३८ मा प्रकाशित

केपी ओली हरुवा हो, भगौडा हो : प्रचण्ड

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले एमाले अध्यक्ष केपी ओलीमाथि भगौडाको आरोप लगाएका छन् ।  

वाईसीएलको दोस्रो पाँचखाल नगर सम्मेलनलाई बिहीबार काभ्रेको पाँचखालमा सम्बोधन गर्दै प्रचण्डले केपी प्रवृत्ति कम्युनिस्टविरोधी, राष्ट्रविरोधी र सामन्ती प्रवृत्ति हो भन्ने प्रमाणित भएको बताए ।

'केपी हरुवा हो । भगौडा हो । कम्युनिस्ट आन्दोलनबाट भाग्यो । मार्क्सवाद, समाजवादबाट भाग्यो,' उनले भने, 'मार्क्सवाद, समाजवाद, एकता विरोधी चरित्रलाई उदांगाे पारेर पार्टी निष्कासित गरेको हो । हामी विजेता हो । ऊ हरुवा हो ।'

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको