Like us!
Follow us!
Connect us!
Watch us!

अर्थमन्त्रालयको प्रष्टोक्तिः स्यानिटरी प्याडमा कर बढाईएको छैन

अर्थ संसार

शुक्रबार, ०८ असोज २०७८, १० : ४७ मा प्रकाशित

अर्थमन्त्रालयको प्रष्टोक्तिः स्यानिटरी प्याडमा कर बढाईएको छैन

सरकारले महिलाले महिनावारी हुँदा लगाउने स्यानिटरी प्याडमा कुनै पनि कर वृद्धि नगरेको स्पष्ट पारेको छ । स्यानिटरी प्याडमा मूल्यवृद्धि भएको भन्दै चौतर्फी आलोचना भएपछि अर्थ मन्त्रालयले कर वृद्धि नगरिएको स्पष्ट पारेको हाे ।

आयातित स्यानिटरी प्याडमा १५ प्रतिशत आयात कर र १३ प्रतिशत मूल्य अभिवृद्धि कर लगाइएको भन्दै सरकारको आलोचना भइरहेको छ । जुनसुकै पदार्थका स्यानिटरी टाबेल (प्याड) र टेम्पोन, केटाकेटीका लागि आवश्यक पर्ने न्याप्किन र पुछ्ने रुमाल (न्याप्किन लाइनर) तथा यस्तै, सामानमा कुनै पनि कर वृद्धि नगरिएको राजस्व सचिव कृष्णहरि पुष्करले बताए । उनका अनुसार देशभित्र स्यानिटरी प्याडको उत्पादनलाई विशेष प्रोत्साहन गर्ने नीति लिइएकाले यसमा कुनै  कर वृद्धि नभएको उल्लेख गरे ।

गत २५ भदौमा अर्थमन्त्री जनार्दन शर्माले प्रस्तुत गरेको आर्थिक विधेयक, २०७८  र आर्थिक अध्यादेश, २०७८ मासमेत ती सामग्रीमा कर थप नभएको अर्थ मन्त्रालयको प्रष्टोक्ति छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको