Like us!
Follow us!
Connect us!
Watch us!

सेनेटरी प्याड आयातमा ९० प्रतिशत छुट दिने निर्णय फिर्ता लिन माग

अर्थ संसार

बुधबार, १८ जेठ २०७९, ०६ : ५७ मा प्रकाशित

सेनेटरी प्याड आयातमा ९० प्रतिशत छुट दिने निर्णय फिर्ता लिन माग

सेनेटरी प्याड आयातमा सरकारले ९० प्रतिशत छुट दिने निर्णयको नेपाल सेनेटरी प्याड उत्पादक संघले विरोध जनाएको छ । संघले मंगलबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दैे सरकारको यस्तो निर्णयले नेपालका प्याड उद्योगहरु धरायशी हुने भन्दै तत्काल निर्णय फिता नलिए संघर्षमा जाने चेतावनी दिएको हो । 

नेपालमा ठूला साना गरी ३५–४० उद्योगहरु सञ्चालनमा रहेका छन् । ६ अर्वको लगानीमा ९० करोड थान सेनेटरी प्याड उत्पादन भइरहेको छ । ६ हजार जनाले  रोजगारी पाइरहेका छन् । जसमध्ये अधिकांश महिलाहरु रहेको संघले जनाएको छ । 

बजेट भाषणमा आयातीत सेनेटरी प्याडमा ९०% भन्सार महशुल छुटको घोषणा गरेको छ । हालको १५% रहेको भन्सार महशुल अव १.५% मात्र लागु हुनेछ जबकी कच्चा पदार्थमा १% भन्सार महशुलको घोषणा गरीएको छ तर केही कच्चा पदार्थ तथा प्याकेजिङ मटेरीयलमा लाग्ने ५४ अन्त शुल्क वारे कुनै घोषणा नगरेको भन्दै संघले आपक्ति जनाएको हो । 

तयारी वस्तु भन्दा कच्चा पदार्थमा बढी कर तिर्नु पर्ने भन्दै सरकारको यो कदमले स्वदेशी उद्योगहरु अप्रतिस्पर्धि भई बन्द हुने ठहर संघले गरेको छ । डेढ अर्बको हालको आयात अत्याधिक बढेर ५ वर्षमा वार्षिक ७५ अर्ब पुग्ने र व्यापार घाटाको डरलाग्दो घेराबाट उम्किन नीजि क्षेत्र नसक्ने भन्दै आपत्ति जनाएको हो ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको