Like us!
Follow us!
Connect us!
Watch us!

भ्याली कोल्ड स्टोरका सञ्चालक अपहरणमा प्रहरीमाथि नै अनुसन्धान

पत्रपत्रिका

मंगलबार, १२ असोज २०७८, ०८ : ०२ मा प्रकाशित

भ्याली कोल्ड स्टोरका सञ्चालक अपहरणमा प्रहरीमाथि नै अनुसन्धान

भ्याली कोल्ड स्टोरका सञ्चालक बाबुराजा रावलको अपहरणमा संलग्न रहेका एक अपहरणकारीलाई जिल्ला अदालत काठमाडौंले निर्दोष सावित गर्दै रिहा गरेपछि महानगरीय प्रहरी कार्यालय रानीपोखरीले छानबिन समिति गठन गरेको छ ।

रावल अपहरण काण्डको अनुसन्धान गरेर अदालतमा मुद्दा दायर गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका बारेमा अनुसन्धान गर्न छानबिन समिति गठन गरिएको हो । महानगरीय प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक हरि पालले एसएसपी चक्रबहादुर सिंहको संयोजकत्वमा छानबिन समिति गठन गरेको जानकारी दिए । समितिमा एसपी कृष्ण कोइराला, डीएसपी रविन कार्की, इन्सपेक्टर ईश्वर कार्की र सई घनश्याम उप्रेती रहेकाछन्र ।

अपहरणको आरोपमा पक्राउ परेका दुर्गाबहादुर बुढाथोकीलाई नाम नमिलेको भन्दै जिल्ला अदालत काठमाडौंले निर्दोष सावित गरेपछि प्रहरीले चरम लापरबाही गरेको भन्दै महानगरीय प्रहरी कार्यालयले छानबिन समिति बनाएको हो ।समितिलाई प्रकरणमा प्रहरीको भूमिकाबारे अनुसन्धान गरेर प्रतिवेदन बुझाउने कार्यादेश दिइएको छ । गत मंगलबार जिल्ला अदालत, काठमाडौंका न्यायाधीश अम्बिकाप्रसाद निरौलाको इजलासले भ्याली कोल्ड स्टोरका सञ्चालक रावलको अपहरणमा संलग्न भनिएका कुमार बुढाथोकीलाई सफाइ दिएको थियो ।

नेपाल समाचारपत्र दैनिकमा समाचार छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको