Like us!
Follow us!
Connect us!
Watch us!

दशैँ-तिहारमा “होण्डाको साथ ७”

अर्थ संसार

मंगलबार, १२ असोज २०७८, ११ : ५३ मा प्रकाशित

दशैँ-तिहारमा “होण्डाको साथ ७”

नेपालका लागि होण्डा मोटरसाइकल तथा स्कुटरको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ्ग कम्पनी प्राइभेट लिमिटेडले आफ्नो दशैँ तथा तिहार स्किम “होण्डाको साथ ७” ग्राहकवर्गहरु माझ ल्याएको छ । नेपालमै पहिलो पटक सात प्रदेशलाई समावेश गरिएको यस योजनामा हरेक प्रदेशबाट होण्डा खरिद गर्ने १ जनालाई १ लाख रूपैयाँ प्रदान गरिनेछ । 

यस योजनाको समय अविधि भर होण्डाका ग्राहकहरुले स्क्राच कुपन मार्फत हात खाली नजाने गरी १ लाख रूपैयाँसम्म नगद उपहार प्राप्त गर्नेछन् । यसका साथै यस योजना अन्तर्गत ग्राहकहरुले, ७ वर्षको लागि स्पेयर पार्टस्मा ७ प्रतिशत छुट, ७ वर्षसम्मका लागि ९ वटा बोनस सर्भिस कुपन प्राप्त गर्न सक्नेछन् ।

त्यसैगरी, होण्डा बिग बाइकको खरिदमा ४० हजार रूपैयाँसम्मको क्यास ब्याक पाउन सक्नेछन् । यति मात्र नभई यस योजनामा १ रुपैयाँको डाउन पेमेन्ट, १ रुपैयाँको इएमआइ र १ प्रतिशत ब्याजदरमा समेत होण्डा खरिद गर्न सकिनेछ । 

बम्परमा सहभागी १ जना भाग्यशाली ग्राहकहरुले १५ लाख रूपैयाँसम्मको नगद पुरस्कार जित्ने मौका प्राप्त गर्नेछन् । यो योजना सीमित अवधिका लागि मात्र लागू हुनेछ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको