Like us!
Follow us!
Connect us!
Watch us!

मध्य भोटेकोशीको आईपिओ असोज २० गतेबाट, यस्तो छ कम्पनीको आव्हान-पत्र

अर्थ संसार

बुधबार, १३ असोज २०७८, ०७ : ३८ मा प्रकाशित

मध्य भोटेकोशीको आईपिओ असोज २० गतेबाट, यस्तो छ कम्पनीको आव्हान-पत्र

मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेडले सर्वसाधारणका लागि असोज २० गतेबाट साधारण सेयर (आईपिओ) निष्कासन तथा बिक्री खुल्ला गर्ने भएको छ । कम्पनीको पहिलो चरणको आयोजना प्रभावित हरुका लागि छुट्याइएको आईपीओको बाँडफाँड आज सोमबार सम्पन्न भएको हो ।

कम्पनीले कुल ९० लाख कित्ता सेयर निष्काशन गर्ने छ जस मध्य ४ प्रतिशत अर्थात ३ लाख ६० हजार कम्पनीका कर्मचारीहरुका लागि छुट्ट्याइएको छ भने ५ प्रतिशत अर्थात ४ लाख ५० हजार सामुहिक लगानी कोषहरुले पाउनेछन् भने बाँकि ८१ लाख ९० हजार कित्तामा सर्वसाधारण लगानीकर्ताहरुले आवेदन दिन सक्नेछन् । यस आईपिओमा सर्बसाधारणले असोज २० गतेदेखि असोज २५ गतेसम्म आवेदन दिन सक्ने छन् । 

कम्पनीको आईपिओमा न्युनतम १० कित्ता देखि अधिकतम १० हजार कित्ता सम्म आवेदन दिन सकिने छ । कम्पनीको निष्काशित कित्ता र आवेदन पर्नेको संख्या हेर्दा यो कम्पनीको आईपिओमा पनि न्यूनतम १० कित्ता नै आवेदन दिनु उपयुक्त देखिन्छ । 

केयर रेटिङ नेपालले कम्पनीको आईपिओलाई केयर एनपी डबल बी इस्युअर रेटिङ प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्दछ।

कम्पनीले गत वैशाख ५ गते नेपाल धितोपत्र बोर्डबाट कुल १ करोड ५० लाख कित्ता आईपीओ निष्कासनको अनुमति पाएको थियो। जसमध्ये पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका बासिन्दाको निष्कासन गरेको हो । कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि ९० लाख कित्ता निष्कासन गर्नेछ।

6153c7856859a.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको