Like us!
Follow us!
Connect us!
Watch us!

मध्य भोटेकोशी जलबिद्युत आयोजना १.८५ करोड घाटामा

अर्थ संसार

विहीबार, २४ कार्तिक २०७९, १२ : १६ मा प्रकाशित

मध्य भोटेकोशी जलबिद्युत आयोजना १.८५ करोड घाटामा

मध्य भोटेकोशी जलबिद्युत कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार कम्पनी घाटामा छ ।

उक्त विवरण अनुसार पहिलो त्रैमाससम्ममा कम्पनी १ करोड ८५ लाख ५२ हजार रुपैयाँ घाटामा छ । गत आर्थिक वर्षको यसै अवधिमा कम्पनी ७२ लाख ६९ हजार रुपैयाँ घाटामा थियो ।

कम्पनीले सिन्धुपाल्चोक जिल्लाको भोटेकोशी गाउँपालिका र बाह्रबिसे नगरपालिका भएर बग्ने भोटेकोशी नदीमा १०२ मेगावाट क्षमताको मध्य भोटेकोशी जलविद्युत आयोजना निर्माणको कार्य अगाडि बढाएको छ । उक्त आयोजनाका कामहरूलाई मुख्यतस् तीन भागमा विभाजन गरी निर्माणको चरणमा लगिएको र सोही अनुसार कार्य अगाडी बढाइएको छ । 

त्यस्तै, कम्पनीको चुक्ता पूँजी ६ अर्ब रुपैयाँ रहेको छ । कम्पनीको रिटर्न अर्निङ को आकार ६३ करोड ५३ लाख ५५ हजार रुपैयाँ नकारात्मक रहेको छ । पहिलो त्रैमासम्ममा कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी १.२४ रुपैयाँ ऋणात्मक रहेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ ९३ रुपैयाँ ९१ पैसा पुगेको छ । 

कम्पनीले प्रकाशन गरेको वित्तिय विवरणः

636c9b008b2ae.jpeg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको