Like us!
Follow us!
Connect us!
Watch us!

नोक्सानी घटाउदै मध्य भोटेकोशी जलविद्युत कम्पनी

अर्थ संसार

सोमबार, ३० साउन २०७९, ०६ : ४८ मा प्रकाशित

नोक्सानी घटाउदै मध्य भोटेकोशी जलविद्युत कम्पनी

मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेडले गत आर्थिक वर्ष २०७८/७९ को चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ ।

उक्त विवरण अनुसार चौथो त्रैमाससम्म आइपुग्दा कम्पनी  १ करोड ५४ लाख रुपैयाँ खुद नोक्सानीमा छ । गत आर्थिक वर्षको यसै अवधिमा कम्पनी ३ करोड ४७ लाख रुपैयाँ खुद नोक्सानीमा थियो ।

समिक्षा अवधिसम्म आइपुग्दा कम्पनीको बिद्युत उत्पादन सुरु नभएकाले बिद्युत बिक्रि आम्दानी छैन । समिक्षा अवधिमा कम्पनीले ५ करोड ७५ लाख रुपैयाँ वित्तीय आम्दानी गरेको छ जुन अघिल्लो आर्थिक बर्षमा ५६ लाख ७१ हजार रुपैयाँ ऋणात्मक थियो । 

असार मसान्तसम्ममा कम्पनीको सञ्चालन मुनाफा ७ करोड ३१ लाख रुपैयाँ ऋणात्मक रहेको छ। कम्पनीले सो अवधिसम्ममा ५ करोड ७५ लाख रुपैयाँ वित्तीय आम्दानी गरेको छ भने कुल आम्दानी ५ करोड ७६ लाख रुपैयाँ रहेको छ।

त्यस्तै, ६ अर्ब रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको जगेडा कोषको आकार ३० करोड २७ लाख रुपैयाँ ऋणात्मक छ । चौथो त्रैमासम्ममा कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी ०.२६ पैसा ऋणात्मक छ । कम्पनीको प्रतिसेयर नेटवर्थ ९४ रुपैयाँ ९४ पैसा पुगेको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको