Like us!
Follow us!
Connect us!
Watch us!

मध्य भोटेकोशीको ५ करोड १३ लाख कित्ता सेयरको लकइन कहिले खुल्दैछ ?

अर्थ संसार

विहीबार, १० असोज २०८१, ०९ : ३० मा प्रकाशित

मध्य भोटेकोशीको ५ करोड १३ लाख कित्ता सेयरको लकइन कहिले खुल्दैछ ?

मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेडको सवा ५ करोड कित्ता सेयरको लकइन अवधि सकिन लागेको छ। कम्पनीको ५ करोड १३ लाख ६० हजार कित्ता सेयरको लकइन अवधि कात्तिक ११ गते सकिन लागेको हो।

संस्थापक सेयरधनी, कर्मचारी सञ्चय कोषमा जम्मा गरेका सञ्चयकर्ता कमर्चारी, संस्थापक सेयरधनी संस्थाका कर्मचारी, ऋणदाता संस्था (कर्मचारी सञ्चय कोष) का कर्मचारी, आयोजना प्रभावित सिन्धुपाल्चोकका स्थानीय बासिन्दा र कम्पनीका कर्मचारीको नाममा रहेको सेयरको लइकन सकिने कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार संस्थापक सेयरधनीको ३ करोड ६ लाख, कर्मचारी सञ्चय कोषमा जम्मा गरेका सञ्चयकर्ता कमर्चारीको १ करोड १७ लाख, संस्थापक सेयरधनी संस्थाका कर्मचारीको २१ लाख, ऋणदाता संस्था (कर्मचारी सञ्चय कोष) का कर्मचारीको ६ लाख, आयोजना प्रभावित सिन्धुपाल्चोकका स्थानीय बासिन्दाको ६० लाख र कम्पनीका कर्मचारीको ३ लाख ६० हजार कित्ता सेयर लइकन कात्तिक ११ मा सकिनेछ।
मध्य भोटेकोशीले ०७८ कात्तिकमा आइपिओ जारी गरेको थियो।

मध्य भोटेकोशी जलविद्युत कम्पनीले सिन्धुपाल्चोकको भोटेकोशी गाँउपालिकामा रन अफ रिभरमा आधारित जलविद्युत आयोजना निर्माण गरिरहेको छ। १०२ मेगाबाट क्षमताको आयोजना अन्तिम चरणमा छ।


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको