Like us!
Follow us!
Connect us!
Watch us!

मध्यभोटेकोशी जलविद्युत् आयोजना : निर्माण कार्यमा उत्साहजनक प्रगति, आगामी वर्ष नै सक्ने लक्ष्य

पत्रपत्रिका

सोमबार, १५ कार्तिक २०७८, ०८ : १३ मा प्रकाशित

मध्यभोटेकोशी जलविद्युत् आयोजना : निर्माण कार्यमा उत्साहजनक प्रगति, आगामी वर्ष नै सक्ने लक्ष्य

विभिन्न प्राकृति प्रकोप, नाकाबन्दी, ठेकदार कम्पनीको कमजोर कार्यसम्पादन, कोरोना महामारीलगायत कारण प्रभावित भएको मध्य भोटेकोशी जलविद्युत् आयोजनाको निर्माण पछिल्लो समय भने तीव्र गतिमा अगाडि बढेको छ ।

आयोजनाको निर्माण ७५ प्रतिशत सकिएको छ । २०७९ को पुसभित्र नै निर्माण पूर्णरूपमा सम्पन्न गर्ने लक्ष्य छ । नेपाल विद्युत् प्राधिकरणअन्तर्गतको चिलिमे जलविद्युत् कम्पनीले सिन्धुपाल्चोकमा उक्त आयोजना बनाइरहेको छ । उक्त आयोजनाको क्षमता १०२ मेगावाट रहेको छ । आयोजनाको बाँध, बालुवा थिग्य्राउने पोखरीलगायत मुख्य संरचनाको निर्माण वर्षा शुरू हुनुभन्दा अगाडि नै सक्ने लक्ष्य राखिएको छ । विद्युत्गृह भवन निर्माण आगामी पुसभित्र र ७ दशमलव २ किलोमिटर सुरुङमध्ये खन्न बाँकी ४१५ मीटर ३ महीनाभित्र सक्ने लक्ष्य राखिएको प्राधिकरणले बताएको छ ।

२०७१ साउनमा आएको जुरे पहिरो, २०७२ वैशाखको विनाशकारी महाभूकम्प, २०७२ असोजदेखि करीब साढे ५ महीना नेपाल भारत सीमा नाकामा भएको अवरोध, २०७३ असारमा भोटेकोशी नदीमा आएको बाढी, गतवर्षको असारमा निर्माणस्थल भोटेकोशी नदी एवं आसपासको क्षेत्रमा आएको बाढीपहिरोको र कोभिड–१९ को महामारीका कारण उक्त आयोजनाको निर्माण प्रभावित भएको थियो ।

प्राकृतिक विपत्ति र सिभिल एन्ड हाइड्रोमेकानिकल कार्यको ठेकेदार चिनियाँ कम्पनी क्वाङसी हाइड्रो एन्ड इलेक्ट्रिकल कन्स्ट्रक्शनको कमजोर कार्यासम्पादनका कारण आयोजनाको निर्माण सम्पन्न हुने तालिका प्रभावित हुँदै आएको थियो ।

आयोजनाको लागत बढ्न नदिन सिभिल तथा हाइड्रोमेकानिकलको काम इन्जिनीयरिङ, खरिद र निर्माण (ईपीसी) मोडेलमा चिनियाँ कम्पनी क्वाङ्सीले ठेक्का लिएको थियो । इलेक्ट्रो मेकानिकलतर्पmको काम भने एन्ड्रिजले गरिरहेको छ । एन्ड्रिजले उपकरणहरू आयोजना स्थलमा ल्याइसकेको छ । गतवर्ष भोटेकोशी नदीमा आएको बाढी स्टोरमा पसेर उपकरणहरूमा क्षति पु¥याएको थियो । आयोजनाको अनुमानित लागत कर्मचारी सञ्चय कोषसँग ऋण सम्झौता हुँदा निर्माण अवधिको ब्याजबाहेक १२ अर्ब २८ करोड ३३ लाख रुपैयाँ रहेको थियो । आयोजनाको अद्यावधिक अनुमानित लागत निर्माण अवधिको ब्याजबाहेक १५ अर्ब ३ करोड २ लाख ९० रुपैयाँ रहेको छ । निर्माणाधीन आयोजनाको शुरूको कुल लागतमध्ये ५० प्रतिशत स्वपूँजीबाट र ५० प्रतिशत ऋणबाट जुटाइएको छ ।

कम्पनीको जारी पूँजीको ५१ प्रतिशत संस्थापक शेयरधनीहरूमध्ये प्राधिकरणको १० प्रतिशत स्वामित्व रहेको छ । यस्तै, चिलिमे जलविद्युत् कम्पनी लिमिटेडको ३७ प्रतिशत, सिन्धुपाल्चोक हाइड्रोपावरको १ प्रतिशत, नेपाल अरनिको हाइड्रोपावरको १ प्रतिशत, सिन्धु इन्भेस्टमेन्ट कम्पनीको १ प्रतिशत र सिन्धु भोटेकोशी हाइड्रोपावरको १ प्रतिशत शेयर स्वामित्व रहेको छ ।

सर्वसाधारणतर्फ ४९ प्रतिशत शेयर स्वामित्व रहेको छ । त्यसमा कर्मचारी सञ्चय कोषका सञ्चयकर्ता कर्मचारीको १९ दममलव ५, संस्थापक संगठित संस्थाका कर्मचारीको ३ दशमलव ५ प्रतिशत, ऋणदाता संस्थाका कर्मचारीको १ प्रतिशत, सिन्धुपाल्चोक जिल्लाका स्थानीयको १० प्रतिशत र सर्वसाधारणको १५ प्रतिशत शेयर रहेको छ । कम्पनीले हालै आईपीओबाट सर्वसाधारणलाई शेयर विक्री गरेको छ ।

आयोजनाबाट वार्षिक रूपमा ५४ करोड २२ लाख युनिट विद्युत् उत्पादन हुनेछ । प्राधिकरणले आयोजनाको विद्युत् हिउँद र वर्षायाममा प्रतियुनिट क्रमशः ८ रुपैयाँ ४० पैसा र ४ रुपैयाँ ८० मा खरीद गर्नेछ । त्यसबाट कम्पनीलाई वार्षिक २ अर्ब ९० करोड रुपैयाँ आम्दानी हुनेछ ।

आर्थिक अभियान दैनिकमा समाचार छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको