Like us!
Follow us!
Connect us!
Watch us!

‘कोल्याप्स’ हुँदै अफगान बैंकिङ प्रणाली, अधिकांश बैंकले काम गर्ने छोडिसके

अर्थ संसार

बुधबार, १३ असोज २०७८, १३ : ०९ मा प्रकाशित

‘कोल्याप्स’ हुँदै अफगान बैंकिङ प्रणाली, अधिकांश बैंकले काम गर्ने छोडिसके

अफगानिस्तानको बैंकिङ प्रणाली झन्डै कोल्याप्सको अवस्थामा पुगेको छ । देशकै सवैभन्दा ठूलो बैंकका प्रमुखले यस्तो चेतावनी दिएका हुन् ।  इस्लामिक बैंक अफ अफगानिस्तानका प्रमुख कार्यकारी सइद मोसा कलिन अल फलहीले देशको वित्तिय उद्योग धारासायी भएको बताएका हुन् ।

‘पैसा झिक्न अहिले धेरै मानिस एटीएम धाउन थालेका छन्, तर अफगानिस्तानका कुनै पनि बैकमा पैसा छैन्,’ उनले भने । तालिवानले काबुल कब्जा गरेपछि हाल उनी दुबईमा छन् ।

‘बैंकबाट सबैले पैसा मात्र झिक्न खोजिरहेका छन् । अधिकांश बैंकले काम गर्ने छोडिसके । छिटफुट सञ्चालनमा आएका बैंकले पनि पूर्ण सेवा दिन सकेका छैनन् । तालिवानले १५ अगस्टमा सत्ता कब्जा गर्नुअघि नै अफगान अर्थतन्त्र धरायसी भएको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको