Like us!
Follow us!
Connect us!
Watch us!

कुमारी बैंक र यती एअरलाइन्सबीच व्यवसायिक सहकार्य : कुमारी स्काईक्लव कार्ड जारी गरिने

अर्थ संसार

बुधबार, १३ असोज २०७८, १८ : ०० मा प्रकाशित

कुमारी बैंक र यती एअरलाइन्सबीच व्यवसायिक सहकार्य : कुमारी स्काईक्लव कार्ड जारी गरिने

कुमारी बैंकर निजी क्षेत्रको अग्रणी वायुसेवा कम्पनी यती एअरलाइन्सले व्यवसायिक साझेदारी गर्दै संयुक्त रुपममा नेपाल मै पहिलो पटक k6s Swipe and Fly Campaign को शुरुवात गर्नु भएको छ । यतीएअरलाइन्सको स्काईक्लव कार्ड र कुमारी बैंकको भिजाडेबिट कार्डलाई एकीकृत गरेर कुमारी स्काई क्लव Co-brand कार्ड जारी गरिने छ ।

यसै सन्दर्भमा कुमारी बैंकका निमित्त प्रमुख कार्यकारी अधिकृत अनुजमणि तिमिल्सिनाले कुमारी स्काईक्लव कार्डका वाहकहरुले अब हरेक खरिदमा यो कार्डबाट भुक्तानी गर्दा हवाई यात्रा नगरेपनि हवाई यात्रा गरे सरह नै निश्चित अंक प्राप्त गरिने भएकोले हवाई यात्रागर्न कुमारी बैंकका ग्राहकहरु समेत प्रोत्साहित हुने विचार व्यक्त गर्नुभयो ।

अब एअरलाइन्स र बैंकका साझेदार ग्राहकहरुले जुनसुकै समयमा यो सुविधा प्राप्त गर्न सक्ने यती एअरलाइन्सका प्रमुख कार्यकारी अधिकृत (सिइओ) अनोज रिमालले बताउनु भयो । हवाई र वित्तीय क्षेत्रबीच यस किसिमको व्यवसायिक सहकार्य विल्कुलै पृथक शैलीमा नेपालमै पहिलोपटक भएको हो । त्यसकारण पनि यो सहकार्य दुवै पक्षको लागिनवीनएवं महत्वपूर्ण रहेको छ । यस कार्यक्रमले दुवै पक्षलाई नयाँउचाई दिनुका साथै नयाँ आयाम थप्ने निश्चित भएको भन्दै सिइओ रिमालले आफ्नो विचार व्यक्तगर्नु भयो ।

यसै सन्दर्भमा “अब हाम्रा ग्राहकहरुले कुमारी स्काईक्लब कार्डबाट सामान तथा सेवाको भुक्तानीमात्र नभई भुक्तानी गरे बापत प्वाइन्ट्स पनि कमाउने छन् अनि सो प्वाइन्ट्सबाट ग्राहकहरुले यतीएअरलाइन्सको निःशुल्क टिकट प्राप्तगरी उडान भर्न सक्नेछन् ।” यस प्रकारको सहकार्यले डिजिटल भुक्तानी बानीलाई थप प्रोत्साहन गर्ने विश्वास डिजिटल बैंकिंगका प्रमुख  अनिष ताम्राकारले व्यक्तगर्नुु भयो ।

“अब दुईवटा कार्ड बोकिरहन पर्दैन, एउटैले नै दुबै कार्डको काम गर्नेछ”, यती एअरलाइन्सका प्रमुख व्यापार अधिकृत युवराज विष्टले जानकारी दिँदै भन्नुभयो, “बैंक र एअरलाइन्सको साझेदार ग्राहकहरुले जुनसकै स्थानमा कार्डबाट भुक्तानी गर्दा प्वाइन्ट्सजम्मा हुनेछ । निश्चित माइलेज प्वाइन्ट्सजम्मा भइसकेपछि साझेदार ग्राहकहरुले सजिलै उपभोग गर्न सक्नुहुनेछ र आवश्यकतानुसार यती एअरलाइन्सले उडान भर्ने नेपालको जुनसुकै गन्तव्यमा पनि निःशुल्क यात्रागर्न पाउने व्यवस्था मिलाइएको छ । कुमारी स्काइक्लब कार्डस्वाइप गरी रु. १०० भुक्तानीगर्दा १ प्वाइन्ट जम्मा हुने र हरेक खर्चलाई रिवार्ड गरिने भएकोले कार्यक्रमकोे ट्यागलाइन नै We Reward Your Spending राखिएको छ ।” 


सेवाग्राहीको सुविधाकालागि विभिन्न साझेदारी संस्थासँग सहकार्य गर्दै आकर्षक सहुलियत कार्यक्रम गर्दै आएको कुमारी बैंक र यती एअरलाइन्सले भविष्यमा पनि आफ्ना सेवाग्राहीहरुलाई प्रत्यक्ष लाभ हुने कार्यक्रमहरु थप गर्दै लगिने जनाएका छन् । 

सेवाग्राहीको सुविधालाई अग्रपंक्तिमा राखि कुमारी बैंकले आफ्ना देश व्यापी १९६ शाखा सञ्जाल, १७२ ए ÞटिÞएम, ३२ शाखारहित बैंकिङ्ग ईकाई तथा १३ एक्सटेनसन काउन्टरबाट अत्याधुनिक बैंकिङ्ग सुविधाहरु दिँदै आएकोे र आगामी दिनहरुमाअझ सरल, सुलभ तथाउत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जाने प्रतिबद्धता जनाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको