Like us!
Follow us!
Connect us!
Watch us!

दशैँलाई सहुलियत जुत्ता मेला, ७० प्रतिशतसम्म छुट

अर्थ संसार

विहीबार, १४ असोज २०७८, १५ : ३२ मा प्रकाशित

दशैँलाई सहुलियत जुत्ता मेला, ७० प्रतिशतसम्म छुट

दशैँकाे अवसरमा भृकुटिमण्डपमा असाेज ९ गतेदेखि दशैँ सहुलियत जुत्ता मेला सञ्चालन भइरहेकाे छ । सविन कार्की र गंगा श्रेष्ठद्वारा सञ्चालन गरिएकाे याे मेला असाेज २६ गतेसम्म सञ्चालन हुनेछ ।

याे मेला काराेना भाइरसपछिकाे पहिलाे सहुलियत मेला हाे । यस मेलामा भर्खरै बनेका जुत्ताहरूमा पनि ७० प्रतिशतसम्म छुट पाइनेछ । यसका साथै, हरेक जुत्ताका वारेन्टी पनि दिइन्छ । यसै मेलाका लागि दशैँ लक्षित गरिएर १५ सयभन्दा धेरै नयाँ डिजाइनका जुत्ता चप्प्लहरू लञ्च गरिएकाे छ । समग्रमा ३००० भन्दा बढी आधुनिक डिजाइनका जुत्ता चप्पलहरू रहेका छन् । 

अहिलेकाे विषम परिस्थितीलाई मध्यनजर गरी स्वास्थ्य सुरक्षाका मापदण्डहरूकाे पालना गरी सञ्चालन गरिएकाे यस मेलामा पाइने जुत्ताहरूकाे मूल्य ५ सय रूपैयाँदेखि ३ हजार रूपैयाँसम्मका छन् ।

यस मेलामा केटीएम सुज, फुटमान्डु सुज, पीजी सुज, एस लेदर लगायतका विभिन्न ब्रान्डका जुत्ताहरू छानी-छानी किन्न पाइन्छ । 

No description available.

No description available.

No description available.

No description available.

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको