एमाले अध्यक्ष केपी ओलीले आफू दोस्रो पटक प्रधानमन्त्रीको हैसियतमा भारतीय नाकाबन्दी अन्त्यपछि मात्रै भारत भ्रमणमा गएको स्मरण गरेका छन् ।
पार्टीको पहिलो विधान महाधिवेशनमा राजनीतिक प्रतिवेदन पेस गर्दै अध्यक्ष ओलीले संविधानसभाबाट संविधान जारी गरेपछि भारतले नाकाबन्दी लगाएको बताए ।
भारतले नाकाबन्दी अन्त्य गरेपछि मात्रै आफू प्रधानमन्त्रीको हैसियत भारत भ्रमणमा गएको उनले बताए । ‘भारतीय नाकाबन्दी अन्त्यपछि मात्र म प्रधानमन्त्रीको हैसियतमा भारत भ्रमणमा गएँ’, उनले भने, ‘त्यसपछि चीन भ्रमणमा पनि गएको थिएँ ।’
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस