Like us!
Follow us!
Connect us!
Watch us!

ओली अस्वस्थ : राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दागर्दै बीचमै छाडे

अर्थ संसार

शुक्रबार, १५ असोज २०७८, १५ : १० मा प्रकाशित

ओली अस्वस्थ : राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दागर्दै बीचमै छाडे

एमाले अध्यक्ष केपी ओलीले जारी प्रथम विधान महाधिवेशनमा राजनीतिक प्रस्तुत गर्न बीचमै छाडेर शंकर पोखरेललाई जिम्मेवारी दिएका छन् । 

गोदावरीस्थित अन्तर्राष्ट्रिय सम्मेलनमा केन्द्रमा जारी  प्रथम विधान महाधिवेशनमा ओलीले राजनीतिक प्रतिवेदन प्रस्तुत गरिरहँदा अस्वस्थताको कारण देखाउँदै बीचमै छाडेका हुन् । 

‘रुघाखोकीका कारण मलाई असहज भइरहेको छ । राजनीतिक प्रतिवेदन लामो पनि छ’, ओलीले भने, ‘म राजनीतिक प्रतिवेदन प्रस्तुत गर्न नेता शंकर पोखरेललाई जिम्मेवारी दिन्छु ।’ 

अध्यक्ष ओलीले बीचमै राजनीतिक प्रतिवेदन प्रस्तुत गर्न छाडेर जिम्मेवारी दिएपछि अहिले नेता पोखरेलले अध्यक्षकोतर्फबाट राजनीतिक प्रतिवेदन प्रस्तुत गरिरहेका छन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको