Like us!
Follow us!
Connect us!
Watch us!

सेयर शिक्षा : मूल्य संवेदनशील सूचना भनेको के हो ?

नेप्से

आइतबार, १७ असोज २०७८, १३ : ३८ मा प्रकाशित

सेयर शिक्षा : मूल्य संवेदनशील सूचना भनेको के हो ?

धितोपत्रहरुको बजार मूल्यलाई प्रभाव पार्न सक्ने सूचनाहरुलाई मूल्य संवेदनशील सूचना भनिन्छ ।

सूचीकृत कम्पनीहरुबाट नगद लाभांश, बोनस सेयर तथा हकप्रद सेयर निष्कासनको घोषणा, धितोपत्र निष्कासन, व्यवस्थापन परिवर्तन, विस्तार योजना, वित्तीय कार्य सम्पादन, विभिन्न सम्झौता लगायतका सूचना एवं जानकारीलाई मूल्य संवेदनशील सूचनामा राख्ने गरिएको हुन्छ ।

धितोपत्रको मूल्यमा प्रत्यक्ष असर गर्ने यस्ता सूचना तथा जानकारीहरु सूचीकृत कम्पनीहरुले स्टक एक्सचेन्जलाई तत्काल उपलब्ध गराउनु पर्छ । स्टक एक्सचेन्जमार्फत सबै लगानीकर्ताले एकै पटक यस्तो सूचना पाउन सक्ने व्यवस्था मिलाइएको हुन्छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको