Like us!
Follow us!
Connect us!
Watch us!

साहस उर्जाको आईपीओ रिजल्ट अब हेर्न सकिने, यसरी हेर्नुहाेस्

अर्थ संसार

आइतबार, १७ असोज २०७८, १५ : ४७ मा प्रकाशित

साहस उर्जाको आईपीओ रिजल्ट अब हेर्न सकिने, यसरी हेर्नुहाेस्

साहस उर्जा कम्पनी लिमिटेडले निष्कासन गरेकाे साधारण सेयर (आईपीओ) काे रिजल्ट अब हेर्न सकिने भएकाे छ । कम्पनीले असोज ६ गतेदेखि असोज १० गतेसम्म सर्वसाधारणका लागि निष्कासन गरेको साधारण सेयर (आईपीओ) को बाँडफाँड आज (असाेज १७ गते, आइतबार) निष्कासन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलकाे कार्यालय, लाजिम्पाट, काठमाडाैँमा सम्पन्न भएकाे थियाे ।

मागभन्दा धेरै आवेदन परेकाे हुनाले आईपीओ गाेलाप्रथाद्वारा बाँडफाँड गरिएकाे थियाे । अन्तिम दिनसम्म २३ लाख ९५ हजार ४५६ जनाले आवेदन दिएका थिए । जसमध्ये, २३ लाख ८३ हजार ४६० जनाको आवेदन मात्र याेग्य थियाे । जस अनुसार ६ लाख ४४ हजार जना आवेदकहरूले १० कित्ताका दरले सेयर हात पारेका छन् । बाँकीको भने हात खाली भएकाे छ । 

कम्पनीले असोज ६ गतेदेखि असोज १० गतेसम्म प्रतिकित्ता १०० अंकित मूल्य दरका ७० लाख कित्ता आईपीओ बिक्री खुल्ला गरेको थियो । जसमध्ये ३ प्रतिशत अर्थात २ लाख १० हजार कित्ता सेयर कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात ३ लाख ५० हजार कित्ता सेयर सामूहिक लगानी कोषका लागि र बाँकी ६४ लाख ४० हजार कित्ता सर्वसाधारणहरूका लागि छुट्याइएको थियो । 

कसरी हेर्ने रिजल्ट ?

कम्पनीकाे आईपीओको नजिता ४ तरिकाबाट हेर्न सकिन्छ । सिडिएस एण्ड क्लियरिङ लिमिटेडले सञ्चालनमा ल्याएकाे (https://iporesult.cdsc.com.np/) नामक वेभसाइटबाट, एनआईबिएल एस क्यापिटल लिमिटेडकाे वेभसाइट (https://niblcapital.com/),  साहस उर्जा कम्पनी लिमिटेडकाे वेभसाइट (https://sahasurja.com/) र  मेराे सेयरमा गई आफुले आईपीओमा आवेदन गर्दाको एप्लिकेसन रिपोर्टमा गएर त्यहाँबाट हेर्न सकिन्छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको