Like us!
Follow us!
Connect us!
Watch us!

साहस ऊर्जाको लाभांश र हकप्रद सेयर घोषणा

अर्थ संसार

मंगलबार, २५ कार्तिक २०८२, १० : ४२ मा प्रकाशित

साहस ऊर्जाको लाभांश र हकप्रद सेयर घोषणा

साहस ऊर्जा लिमिटेडको कात्तिक २४ गते बसेको सञ्चालक समितिको बैठकले  सेयरधनीहरूका लागि लाभांश वितरण र हकप्रद सेयर जारी गर्ने निर्णय गरेको छ।

बैठकले कम्पनीका  सेयरधनीहरूलाई हालको चुक्ता पूँजीको २१ प्रतिशत बोनस  सेयर र कर तिर्नका लागि १.१०५३ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो।

यससँगै, गत वर्ष कात्तिक ४ गते सम्पन्न साधारणसभाले पारित गरेको १ बराबर १ अनुपातमा हकप्रद सेयर जारी गर्ने निर्णयमा संशोधन गरिएको छ। नयाँ निर्णयअनुसार, बोनस सेयर वितरणपछि कायम हुने चुक्ता पूँजीको आधारमा १ बराबर १ अनुपातमा ४ करोड ५७ लाख ३८ हजार कित्ता हकप्रद सेयर जारी गरिने भएको छ।

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको