Like us!
Follow us!
Connect us!
Watch us!

मोलुङ्ग हाइड्रोपावरले डाक्याे साधारण सभा, के-के छन् एजेन्डा ?

अर्थ संसार

सोमबार, १८ असोज २०७८, ११ : २३ मा प्रकाशित

मोलुङ्ग हाइड्रोपावरले डाक्याे साधारण सभा, के-के छन् एजेन्डा ?

मोलुङ्ग हाइड्रोपावर कम्पनी लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेकाे छ । कम्पनीकाे असाेज १२ गते, मंगलबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार कम्पनीकाे बार्हाैँ वार्षिक साधारण सभा कम्पनीकाे रजिष्टर्ड कार्यालय, रविभवन, काठमाडाैँमा बिहान ११ बजेदेखि सुरू हुनेछ ।

सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षले पेश गर्ने आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन प्रस्तुत गरी पारित गरिनेछ । यसैगरी, आर्थिक वर्ष २०७७/७८ को लेखापरीक्षण प्रतिवेदन र वार्षिक वित्तीय विवरण (२०७७ साल श्रावण १ गतेदेखि २०७८ साल आषाढ मसान्त सम्मको नाफा/नोक्सान हिसाब, वासलात, सोही अवधिको नगद प्रवाह विवरण) स्वीकृत गर्ने प्रस्ताव पारित गरिनेछ । । 

त्यस्तै, कम्पनी ऐन २०६३ को दफा १११ अनुसार आर्थिक वर्ष २०७८/७९ को लेखापरीक्षण गर्न लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारीश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गरिनेछ ।

कम्पनीले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ : 

615a95a618ec9.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको