Like us!
Follow us!
Connect us!
Watch us!

मोलुङ्ग हाइड्रोको आईपीओ शुक्रबार बाँडफाँड हुने, १२ लाख बढीकाे हात खाली हुने पक्का

अर्थ संसार

विहीबार, १८ फागुन २०७९, १४ : २० मा प्रकाशित

मोलुङ्ग हाइड्रोको आईपीओ शुक्रबार बाँडफाँड हुने, १२ लाख बढीकाे हात खाली हुने पक्का

मोलुङ्ग हाइड्रोपावर कम्पनी लिमिटेडले फागुन ४ गते, बिहीबारदेखि फागुन १० गते, बुधबारसम्म सर्वसाधारणका लागि निष्कासन गरेकाे साधारण सेयर (आईपीओ) काे बाँडफाँड भाेलि (फागुन १९ गते, शुक्रबार) हुने भएकाे छ । निष्कासन तथा बिक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेडका अनुसार उक्त आईपीओकाे बाँडफाँड भाेलि (शुक्रबार) बिहान १० बजे, क्यापिटलकाे रजिष्टर्ड कार्यालयमा हुनेछ ।

कम्पनीकाे आईपीओमा अन्तिम दिनसम्ममा १४ लाख ८७ हजार ५ सय ८४ जना लगानीकर्ताहरूले कुल १ करोड ६५ लाख ९० हजार एक सय ७० कित्ताका लागि आवेदन दिएका छन् । यो माग भन्दा बढी आवेदन हो ।

मागभन्दा धेरै आवेदन परेकाे हुनाले कम्पनीकाे आईपीओ गाेलाप्रथाद्वारा बाँडफाँड गरिनेछ । गाेलाप्रथाद्वारा बाँडफाँड गर्दा भाग्यमानी २ लाख २६ हजार ४ सय ६५ जना लगानीकर्ताहरूले मात्रै सेयर हात पार्नेछन् । बाँकी १२ लाख ६१ हजार १ सय १८ जना लगानीकर्ताहरूको भने हात खाली हुनेछ ।

कम्पनीले सार्वजनिक निष्कासनका लागि आफ्नो जारी पूँजीको ३४ प्रतिशतले हुने आउने २७ करोड २८ लाख ५० हजार रुपैयाँ बराबरको २७ लाख २८ हजार ५०० कित्ता सेयर छुट्याएको थियो। सोमध्ये १० प्रतिशत अर्थात २ लाख ७२ हजार ८५० कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरु र ५ प्रतिशत अर्थात १ लाख ३६ हजार ४२५ कित्ता सेयर सामूहिक लगानी कोषहरुमा बाँडफाँड गरिसकेको छ भने २ प्रतिशत अर्थात ५४ हजार ५७० कित्ता सेयर कम्पनीमा कार्यरत कर्मचारीहरुका लागि छुट्याइएको छ। सर्वसाधारणले बाँकी रहेको २२ लाख ६४ हजार ६५५ कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गरेकाे थियाे ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको