Like us!
Follow us!
Connect us!
Watch us!

दुर्घटना न्यूनीकरणका लागि प्रधानमन्त्रीका तीन निर्देशन

अर्थ संसार

बुधबार, २७ असोज २०७८, १० : ०६ मा प्रकाशित

दुर्घटना न्यूनीकरणका लागि प्रधानमन्त्रीका तीन निर्देशन

प्रधानमन्त्री शेरबहादुर देउवाले चाडपर्वमा भएका सवारी दुर्घटनाप्रति चिन्ता व्यक्त गरेका छन् ।

मुगु, कास्की र अछाममा भएको सडक दुर्घटनाले आफू स्तब्ध भएको भन्दै प्रधानमन्त्री देउवाले दुर्घटनामा मृत्यु भएका मृतकका परिवारलाई उचित राहत र घाइतेको उद्दार एवं निशुल्क उपचार सरकारले गर्ने प्रतिबद्धता जनाएका छन् ।

मुगुमा मंगलबार बस दुर्घटना हुँदा ३२ जनाको ज्यान गएको थियो । दुर्घटनामा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जलि अर्पण गर्दै उनले शोक सन्तप्त परिवारप्रति समवेदना प्रकट गरेका छन् ।

प्रधानमन्त्री देउवाले सडक दुर्घटना न्यूनीकरणका लागि तीन वटा निर्देशन पनि दिएका छन् । उनले सार्वजनिक-निजी सवारी साधनको नियमित परीक्षण एवं मर्मत गर्न, क्षमताभन्दा बढी यात्रु नराख्न र सुरक्षाका सबै मापदण्डहरू अपनाउन सम्बन्धित सबैको ध्यानाकर्षण गराएका हुन् ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको