Like us!
Follow us!
Connect us!
Watch us!

ब्याजदर वृद्धिको प्रभाव : सेयर बजारमा भारी गिरावट

नेप्से

सोमबार, ०१ कार्तिक २०७८, १५ : ०१ मा प्रकाशित

ब्याजदर वृद्धिको प्रभाव : सेयर बजारमा भारी गिरावट

साताकाे दाेश्राे काराेबार दिन आज (साेमबार) पनि सेयर बजार घटेकाे छ । नेप्से परिसूचक उच्च अंकले घट्दा व्यापार बाहेक बाँकी १२ वटा उपसमूह ओरालो लागेका छन् । काराेबार रकम भने हिजाेकाे तुलनामा बढेकाे छ । 

नेपाल राष्ट्र बैंकको १२ करोडको सीमा प्रकरणपश्चात् बजार निरन्तर जसाे घटिरहेकाे  थियाे । १२ करोडको सीमा प्रकरणले गर्दा ठूला लगानीकर्ताहरू प्यानिक भएर ऋणमुक्त हुन आफूले होल्ड गरेर राखेका मजबुत कम्पनीहरूको सेयर पनि बेचिरहेका छन् । बजार पुँजीकरण धेरै भएका यस्ता मजबुत कम्पनीहरू बेच्दा बजार एक्कासी तल झरेको विश्लेषकहरूकाे तर्क छ ।

सेयर बजारमा यसकाे प्रभाव नसकिँदै फेरि बैंकहरूले निक्षेपकाे ब्याजदर बढाएका छन् । बैंकहरुले आज कार्तिक १ गते, साेमबारदेखि लागु हुनेगरी सार्वजनिक गरेको ब्याजदरमा अधिकांश बैंकले निक्षेपको ब्याजदर बढाएका उल्लेख गरिएकाे छ । त्यसकाे प्रत्यक्ष प्रभाव सेयर बजारमा देखिएकाे छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (साेमबार) सेयर कारोबार मापक नेप्से परिसूचक ६९.५१ अंकले घटेर २५८७.४५ विन्दुमा झरेकाे छ । नेप्से २.६२ प्रतिशतले घटेकाे हो । यता सेन्सेटिभ परिसूचक पनि १२.४३ अंकले घटेर ४८४.९३ विन्दुमा झरेको छ । 

कूल २१८ वटा कम्पनीकाे ८७ लाख ७६ हजार ३ सय ३७ कित्ता सेयर खरिदबिक्री हुँदा २ अर्ब ९६ करोड ६८ लाख ९९ हजार ७ सय ९१ रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज व्यापार बाहेक बाँकी सबै वटा उपसमूहकाे सेयर घटेको छ ।

त्यसैगरी, साेमबार पनि काराेबार रकममा नबिल बैंक लिमिटेडले नै अग्रता कायम गरेकाे छ । बैंककाे ९ कराेड ८९ लाख ९८ हजार रूपैयाँ बराबरकाे काराेबार भएकाे छ ।

याे पनि :

दशैं बोनसले बचत गर्ने कि सेयर किन्ने ? सेयरबजारमा कसरी कमाउने यस्तो छ बिमल तिवारीको फण्डा

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको