Like us!
Follow us!
Connect us!
Watch us!

दसैंमा एकै पशुहाटबाट सात करोडको खसीबोकाको कारोबार

अर्थ संसार

मंगलबार, ०२ कार्तिक २०७८, ११ : १४ मा प्रकाशित

दसैंमा एकै पशुहाटबाट सात करोडको खसीबोकाको कारोबार

धरानस्थित कृषि उपज बजार व्यवस्थापन समितिले व्यवस्थापन गर्दै आएको पशुहाटबाट यो वर्षको दसैंमा सात करोड रुपैयाँबराबरको खसीबोका कारोबार भएको छ । 

कोरोना महामारीका कारण धरानको पशुहाट गत असोज महिनामा मात्र खुलेको थियो । असोजभरि सात हजार र दसैंमा मात्र तीन हजार खसीबोका बिक्री वितरण गर्दा सात करोडको कारोबार भएको कृषि उपज बजार व्यवस्थापन समितिले जनाएको छ ।

समितिका व्यवस्थापक लक्ष्मण भट्ट्राईका अनुसार दसैं अगाडिका दुई हप्तामा दुई करोडको खसीबोका कारोबार भएको थियो । दसैंको मुखमा पाँच करोडको कारोबार भएको छ । धरानमा कोसी र मेची करिडोरका जिल्लाबाट खसीबोका बिक्रीका लागि किसानले ल्याउने गरेको व्यवस्थापक भट्टराईले जानकारी दिए ।

उदयपुर, धनकुटा, तेह्रथुम, भोजपुर, सङ्खुवासभा, पाँचथर, सुनसरी, मोरङलगायत जिल्लाबाट यहाँ खसीबोका बिक्रीका लागि ल्याइन्छ । धरानमा प्रत्येक शुक्रबार धरान–१३ स्थित हाट लाग्ने गरेको छ । किसानले बिहीबार नै खसीबोका ल्याउँछन् । शुक्रबार हाटमा बिक्रीवितरण गरिँदै आएको छ । 

“पछिल्लो समय कृषि फार्ममा बाख्रापाल्नेको संख्या बढेसँगै खसीबोकाको उत्पादन पनि बढेको देखियो । किसानले यो वर्ष दैनिकजसो बिक्रीका लागि खसीबोका ल्याएका छन्”, व्यवस्थापक भट्टराईले भने ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको