Like us!
Follow us!
Connect us!
Watch us!

कनेक्टिविटी स्ट्यान्डर्ड्स एलायन्सको बोर्ड अफ डाइरेक्टर्समा ओपो सम्मिलित

अर्थ संसार

बुधबार, ०३ कार्तिक २०७८, १३ : ३१ मा प्रकाशित

कनेक्टिविटी स्ट्यान्डर्ड्स एलायन्सको बोर्ड अफ डाइरेक्टर्समा ओपो सम्मिलित

विश्वकै अग्रणी प्राविधिक ब्राण्ड ओपो र द कनेक्टिविटी स्ट्यान्डर्ड् एलायन्स (सीएसए)ले संयुक्तरुपमा ओपो एलायन्सको बोर्ड अफ डायरेक्टर्समा तत्कालै सम्मिलित भएको घोषणा गरेको छ । नयाँ भूमिका अन्तर्गत ओपोले प्रमुख सदस्यका रुपमा ईन्टरनेट अफ थिंग्स (आईओटी) कनेक्टिविटी प्रोटोकल मामिला, म्याटरको विकासका तथा चीनमा प्राटोकलको प्रवद्धनका लागि अग्रणी भूमिका निभाउने जानकारी दिइएको छ ।

सीएसएद्वारा विकसित तथा निरन्तरता दिइएको म्याटर ‘कनेक्टेड थिंग्स’ को जग हो । यसले प्रयोगकर्ताहरुलाई विभिन्न आईओटी उपकरणहरु एकअर्कामा कनेक्टेड राख्ने कार्यमा सहज प्रयोगकर्ता अनुभव प्रदान गर्छ । सीएसएको बोर्ड सदस्यका रुपमा ओपोले म्याटर वर्किंग ग्रुपलाई अत्यधिक कम्प्याटिवल आईओटी ईकोसिस्टम निर्माणका लागि महत्वपूर्ण योगदान प्रदान गर्दै पार्टनरहरुसंगको सहकार्य मार्फत एलायन्सको प्राटोकल विकासलाई तिव्रता दिनेछ । यसका लागि ओपोले नयाँ प्राटोकल्सका लागि प्रस्तावना। नयाँ मानकको स्थापना तथा म्याटरमा आधारित नयाँ प्रोटोटाइपको विकास लगायत क्षेत्रमा सघाउने छ । ओपोले एलायन्सका प्रविधिहरु आफ्ना आईओटी प्रणाली तथा उत्पादनमा अंगीकरण गर्दै चीन लगायत अन्य क्षेत्रमा सीएसएको प्रवद्धन मार्फत कनेक्टिविटीको भविस्य ट्रान्सफरमेशनका लागि काम गर्नेछ ।

साथै, ओपोले अन्य सीएसए सदस्यहरुसँग आफ्नो सहकार्यलाई बढावा दिँदै भरपर्दो, सुरक्षित र त्रुतिरहित मल्टि—सिनेरियो कन्भर्जेन्ट आईओटी अनुभव प्रयोगकर्तालाई पस्कनेछ ।

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको