Like us!
Follow us!
Connect us!
Watch us!

बेमौसमी वर्षाको बितण्डा : महोत्तरीमा सयौं हेक्टरमा लगाएको धानबालीमा क्षति

अर्थ संसार

बुधबार, ०३ कार्तिक २०७८, १४ : ३१ मा प्रकाशित

बेमौसमी वर्षाको बितण्डा : महोत्तरीमा सयौं हेक्टरमा लगाएको धानबालीमा क्षति

बेमौसमी वर्षाको कारण महोत्तरीमा सयौं हेक्टरमा लगाएको धानबालीमा क्षति भएको छ । अहिलेसम्म प्राप्त प्रारम्भिक तथ्यांक अनुसार महोत्तरीका विभिन्न स्थानीय तहमा करिब ९० हेक्टर क्षेत्रफलमा लगाएको धानबालीमा क्षति भएको छ ।

कृषि ज्ञान केन्द्र महोत्तरीका अनुसार महोत्तरीमा ४६ हजार हेक्टर क्षेत्रफलमा लगाएको धानबाली मध्ये अहिलेसम्म पाँच वटा स्थानीय तहबाट मात्र विवरण आएको छ । कृषि ज्ञान केन्द्र महोत्तरीका प्रमुख रामचन्द्र यादवले सोनामा गाउँपालिका, महोत्तरी गाउँपालिका, भंगाहा नगरपालिका, लोहारपट्टी नगरपालिका, एकडारा र बर्दिबास नगरपालिकाबाट क्षतिकाे विवरण आएको बताए । विवरण अनुसार सोनामा गाउँपालिकामा पाँच बिघा धान खेती नदीले कटान गरेको छ । महोत्तरी गाउँपालिकामा १२ बिघामा पूर्ण रुपमा क्षति पुगेको छ भने ६ हेक्टर खेत नदी कटान र डुबानमा परेको छ ।

यसैगरी, एकडारा नगरपालिकामा चार हेक्टरमा, लोहारपट्टीमा एक हजार बिघामा, भंगाहा नगरपालिकामा ६० हेक्टरमा र बर्दिबास नगरपालिकामा चार बिघा धान खेतीमा क्षति पुगेको कृषि ज्ञान केन्द्र महोत्तरीले जानकारी दिएको छ । प्रारम्भिक तथ्यांकअनुसार महोत्तरीमा अहिलेसम्म करिब १५ हजार किसानले धान खेतीबाट नोक्सान ब्यहोरेका छन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको