संवैधानिक कानुन व्यवसायी मञ्चले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको राजीनामा मागेको छ ।
नेतृत्व विवादमा परेको र संस्थागत नेतृत्व प्रभावकारी बन्न नसक्दा समग्र न्याय प्रणालीमै असर पर्न गई जनताको न्यायको अधिकार प्रभावित हुन पुगेकोले राजीनामा गरी सहज निकासको लागि पहल गरिदिन मञ्चले माग गरेको हो ।
न्यायपालिकालाई स्वतस्फूर्त रुपमा अघि बढ्न सक्ने वातावरण सिर्जना गर्न राणाले राजीनामा दिनु अनिवार्य रहेको मञ्चको निष्कर्ष छ ।
न्यायपालिकाको मर्यादामाथि थप आँच आउन नदिन, न्यायपालिकामाथिको जनआस्थालाई जोगाई राख्न तथा न्यायपालिकाको निरन्तर सुधारका लागि न्यायपालिका, यसको नेतृत्व, कानून व्यवसायी सबै संवेदनशील हुनुपर्नेमा मञ्चले जोडसमेत दिएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस