Like us!
Follow us!
Connect us!
Watch us!

वाणिज्य बैंकले माग्यो ८१४ कर्मचारी, सहायकदेखि वरिष्ठ प्रबन्धक बन्ने अवसर

अर्थ संसार

आइतबार, १४ कार्तिक २०७८, १२ : १२ मा प्रकाशित

वाणिज्य बैंकले माग्यो ८१४ कर्मचारी, सहायकदेखि वरिष्ठ प्रबन्धक बन्ने अवसर

राष्ट्रिय वाणिज्य बैंकले ८१४ कर्मचारी भर्नाका लागि दरखास्त आह्वान गरेको छ ।

बैंकले लोकसेवा आयोगको सहमतिमा खुला विज्ञापनमार्फत् स्थायी पदपूर्तिका लागि आइतबार गोरखापत्रमा सार्वजनिक सूचना जारी गरेको हो ।

सूचना अनुसार योग्यता पुगेका इच्छुक उम्मेदवारले सोमबारबाट अनलाइन फाराम भर्न सक्नेछन् 

बैंकले दुई जना वरिष्ठ प्रबन्धक मागेको छ भने ६ जना प्रबन्धक र १९ जना उपप्रबन्धकका लागि विज्ञापन आह्वान गरेको छ ।  वाणिज्य बैंकले सहायक प्रबन्धक (प्रशासन, कानुन, सूचना प्रविधि, नगद), वरिष्ठ सहायक र सहायक पदमा ठूलो  संख्यामा कर्मचारी मागेको हो ।  ५ मंसिरभित्र दरखास्त दिइसक्नुपर्नेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको