Like us!
Follow us!
Connect us!
Watch us!

२७ प्रतिशत लाभांश पारित गर्न लक्ष्मी लघुवित्तले डाक्यो साधारण सभा, बुक क्लोज कहिले ?

अर्थ संसार

मंगलबार, १६ कार्तिक २०७८, १० : ३५ मा प्रकाशित

२७ प्रतिशत लाभांश पारित गर्न लक्ष्मी लघुवित्तले डाक्यो साधारण सभा, बुक क्लोज कहिले ?

लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडले दशौँ बार्षिक साधारणसभा आह्वान गरेको छ  । कम्पनीको असोज १५ गते बसेको सञ्चालक समितीको बैठकले बार्षिक साधारणसभा मंसिर १० गते शुक्रबार अग्रवाल भवन कमलपोखरी काठमौडौमा बिहान ११ बजेबाट गर्ने निर्णय गरेको हो ।

कम्पनीले साधारण सभामा सहभागिता र लाभांश प्रयोजनका लागि कार्तिक ३० गते मंगलबारका लागि बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले कार्तिक २९ गते सोमबार सम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीहरुले मात्र साधारण सभामा सहभागि हुन र लाभांश प्राप्त गर्नेछन् ।

साधारण सभाले सञ्चालक समितीद्धारा प्रस्तावित लाभांश अनुमोदन गर्ने छ । कम्पनीको सञ्चालकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई चुक्ता पूँजीको २० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि समेत गरी ७.३६८ प्रतिशत नगद गरी कुल २७.३६८ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

त्यसैगरी, सभामा संस्थाको सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७७/७८ को लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र सोहि अवधिको नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७८/७९ को लागि लेखापरीक्षक  नियुक्ती  गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डाहरू सभामा छलफल गरी पारित गरिनेछ ।

यस्तो छ कम्पनीले प्रकाशन गरेको सूचनाः

6180c57c3b0cf.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको