लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आवको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ ।
चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडले १ करोड ७५ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत वर्षको यसैअवधिको तुलनामा १८.२७ प्रतिशत कम हो । गत वर्षको यसैअवधिमा कम्पनीले २ करोड १५ लाख रुपैयाँ नाफा कमाएको थियो ।
दोस्रो त्रैमाससम्म कम्पनीको खुद ब्याज आम्दानी १९ करोड ७३ लाख पुगेको छ । यो गत वर्षको यसैअवधिको तुलनामा १०.२२ प्रतिशतले बढी हो । अघिल्लो आवको दोस्रो त्रैमाससम्म संस्थाको खुद ब्याज आम्दानी १७ करोड ८९ लाख रुपैयाँ रहेको थियो ।
यस्तै,फि तथा कमिसनबाट हुने आम्दानी ५ करोड ८८ लाखबाट घटेर २ करोड ५० लाख रुपैयाँ कायम भएको छ ।
४४ करोड १६ लाख ६२ हजार रुपैयाँ चुक्ता पुँजी रहेको यस संस्थाको २५ करोड रुपैयाँ जगेडा कोषमा जम्मा छ । कम्पनीको प्रतिसेयर आम्दानी ७.९७ रुपैयाँ कायम भएको छ । प्रतिसेयर नेटवर्थ १६०.९४ रुपैयाँ छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस