Like us!
Follow us!
Connect us!
Watch us!

लक्ष्मी लघुवित्तको वितरणयोग्य मुनाफा ११ करोड, अन्य अवस्था कस्तो ?

अर्थ संसार

बुधबार, २५ साउन २०७९, ०६ : ४२ मा प्रकाशित

लक्ष्मी लघुवित्तको वितरणयोग्य मुनाफा ११ करोड, अन्य अवस्था कस्तो ?

लक्ष्मी लघुवित्त वित्तिय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०७८/७९ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरण प्रकाशित गरेको छ । समिक्षा अवधिमा संस्थाको मुनाफामा गिरावट आएको छ ।  

उक्त विवरण अनुसार चालु आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा संस्थाले १६ करोड ७ लाख २३ हजार खुद नाफा आर्जन गर्न सफल भएको छ । यो नाफा रकम गत वर्षको सोही अवधिको तुलनामा १८.४७ प्रतिशतले कम हो । गत वर्षको यसै अवधिमा संस्थाले १९ करोड ७१ लाख ४९ हजार रूपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

समिक्षा अवधिसम्म संस्थाको खुद व्याज आम्दानी भने ३.४० प्रतिशतले बढेर ५३ करोड ५२ लाख १३ हजार रूपैयाँ पुगेको छ । गत वर्ष संस्थाले ५१ करोड ७५ लाख ९७ हजार रूपैयाँ ब्याज आम्दानी गरेको थियो । 

चौथो त्रैमाससम्म आइपुग्दा सस्थाको सञ्चालन मुनाफा घटेर २३ करोड ६७ लाख ५३ हजार रूपैयाँ पुगेको छ । गत वर्ष संस्थाले २८ करोड ६८ लाख ८२ हजार रूपैयाँ सञ्चालन मुनाफा गरेको थियो । गत आर्थिक बर्षमा संस्थाको वितरणेग्य मुनाफा ११ करोड १४ लाख ५५ हजार रुपैयाँ रहेको छ ।

त्यस्तै, संस्थाको चुक्ता पुँजी ३८ करोड ४० लाख ५४ हजार रुपैयाँ र जगेडा कोषमा १६ करोड ४१ लाख ५० हजार रुपैयाँ सञ्चित रहेको छ संस्थाको खराब कर्जा (एनपिएल) घटेर ३.२१ प्रतिशत पुगेको छ । संस्थाको प्रतिसेयर आम्दानी (ईपीएस) ४१ रुपैयाँ ८५ पैसा र प्रतिसेयर नेटवर्थ २२० रुपैयाँ ५६ पैसा रहेको छ ।

संस्थाले प्रकाशन गरेको वित्तिय विवरणः

62f302fc12ae5.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको