लक्ष्मी लघुवित्त वित्तीय संस्थाले कर्मचारी माग गरेकाे छ । लघुवित्तले सूचना प्रविधि सहायक (आईटी विभाग) का लागि १ जना र कनिष्ठ सहायक पदका लागि केही संख्यामा कर्मचारी माग गरेको हो।
कनिष्ठ सहायकका लागि प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण गरेको र सूचना प्रविधि सहायकका लागि आईटी विषयमा स्नातक वा सो सरहको परीक्षा उत्तीर्ण गरेको हुनुपर्ने छ ।
राेजगारीकाे लागि ईच्छुक तथा योग्यता पुगेकाले पुस २५ गतेभित्र आवेदन दिनुपर्नेछ ।
कम्पनीले सन्तोजनक कार्यसम्पादन भएमा ६ महिनाको परीक्षणकालपश्चात् स्थायी गरिने जनाएको छ । आवेदनका लागि उमेर हद १८ वर्ष पूरा भई ३५ वर्ष ननाघेको हुनु पर्नेछ। महिलाको लागि माथिल्लो उमेर हदमा पाँच वर्ष थप हुनेछ। साथै अनुभव भएकालाई प्राथमिकता दिइने कम्पनीले जनाएको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस