Like us!
Follow us!
Connect us!
Watch us!

लाभांश पारित गर्न लक्ष्मी लघुवित्तले डाक्यो साधारण सभा

अर्थ संसार

बुधबार, ०३ फागुन २०७९, १० : ४५ मा प्रकाशित

लाभांश पारित गर्न लक्ष्मी लघुवित्तले डाक्यो साधारण सभा

लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडले फागुन २९ गते आफ्नो ११औं वार्षिक साधारण सभा डाकेको छ । हिजो कम्पनीको सञ्चालक समितिको बैठकले अग्रवाल भवन, कमलपोखरी, काठमाडौंमा विहान ११ बजे सभा गर्ने निर्णय गरेको हो । 

सभाले गत आर्थिक वर्ष २०७८/७९ सम्मको वार्षिक प्रतिवेदनसहितका वित्तीय विवरणहरू पारित गर्नेछ भने प्रस्तावित लाभांशलाईसमेत अन्तिम स्वीकृति प्रदान गर्नेछ । यस वर्ष कम्पनीले गत वर्षको मुनाफाबाट हाल कायम चुक्तापूँजीको १५ प्रतिशत बोनस शेयर र कर प्रयोजन समेतका लागि ५ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको छ ।

उल्लेखित प्रस्तावसँगै सर्वसाधारण शेयरधनीहरूको तर्फबाट प्रतिनिधित्व गर्ने दुई जना सञ्चालकको निर्वाचनसमेत सभाले गर्नेछ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको