Like us!
Follow us!
Connect us!
Watch us!

गुडविल फाइनान्सको अधिकांश सूचकमा छलाङ, प्रतिसेयर आम्दानी कति ?

अर्थ संसार

मंगलबार, १६ कार्तिक २०७८, ११ : ०५ मा प्रकाशित

गुडविल फाइनान्सको अधिकांश सूचकमा छलाङ, प्रतिसेयर आम्दानी कति ?

गुडविल फाइनान्स लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । प्रकाशित वित्तिय विवरण अनुसार फाइनान्सको खुद मुनाफा संगै प्रतिसेयर आम्दानी पनि उल्लेख्य बढेको छ । 

उक्त विवरण अनुसार पहिलो त्रैमाससम्म आइपुग्दा फाइनान्सले  ७ करोड ११ लाख रुपैयाँ मात्र खुद नाफा आर्जन गरेको छ । उक्त नाफा रकम गत आर्थिक वर्षको यसै अवधिको तुलनामा १४४ प्रतिशतले बढि हो । गत आर्थिक वर्षको यसै अवधिमा फाइनान्सले २ करोड करोड ९१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

पहिलो त्रैमाससम्म आइपुग्दा फाइनान्सले खुद व्याज आम्दानी पनि बढाएर १४ करोड ३० लाख रूपैयाँ पुर्याएको छ । उक्त व्याज आम्दानी गत आर्थिक वर्षको यसै अवधिको तुलनामा १३०.२५ प्रतिशतले धेरै हो । गत आर्थिक वर्षको यसै अवधिमा फाइनान्सले ६ करोड २१ लाख रुपैयाँ खुद व्याज आम्दानी गरेको थियो । 

त्यसैगरी, फाइनान्सको चुक्ता पुँजी ८६ करोड रुपैयाँ, प्रतिसेयर आम्दानी २१ रुपैयाँ ८४ पैसा रहेको छ ।

फाइनान्सले सार्वजनिक गरेको वित्तीय विवरण यस प्रकारको छः

6180cb4a3dc22.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

सम्बन्धित खबर

धेरै पढिएको