ओ टु स्टुडियो एण्ड प्रोडक्शन हाउसको पहिलो प्रस्तुती नक्कली मोरी नामक गीत बजारमा आएको छ । लोकप्रिय गायक तथा संगितकार बादल थापा र सुबिन सेञ्चुरीको स्वरमा रहेको यो गीत ओ टु स्टुडियोको युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो ।
सुबिन सेञ्चुरीको शब्द रहेको यस गीतको संयोजन सुबिन सेञ्चुरी र बादल थापाले गरेका छन् । गीतमा सुबिन सेञ्चुरी र बादल थापाको आवाज सुन्न र यथार्थपरक प्रस्तुति हेर्न सकिन्छ । यस गीतको मिक्सिङ र मास्टरिङको काम कमल थापाले गरेका छन् । यस भिडियोको डिजाइनिङ र सम्पादन हिम सागर बमले गरेका छन् ।
गितमा नक्कली मोरीलाई मुख्य पात्र बनाएर उनकाे शारीरिक भावना, आकर्षण तथा उनको मेकअप र रूपको वर्णन गरिएको छ । गितको भिडियोमा पनि गायकद्धयलाई नै देख्न सकिन्छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस