Like us!
Follow us!
Connect us!
Watch us!

लता र आशाको विरोध गर्दा ओरालो लागेको अनुराधाको करियर

अर्थ संसार

शुक्रबार, ११ कार्तिक २०७९, १२ : ०३ मा प्रकाशित

लता र आशाको विरोध गर्दा ओरालो लागेको अनुराधाको करियर

 बलिउडमा यस्ता कैयौं गायकगायिका छन्, जसले आफ्नो स्वरले बलिउडमा पहिचान बनाए । किशोर कुमारदेखि लिएर मोहम्मद रफी, आरडी बर्मन, आशा भोसले र लता मंगेशकर जस्ता गायकगायिका बलिउडमा मात्र नभई विश्वमाझ नै स्थापित भए । यो सूचीमा गायिका अनुराधा पौडवाल पनि पर्छिन् ।

टी–सिरिजका मालिक गुलशन कुमार अनुराधालाई दोस्रो ‘लता मंगेशकर’ बनाउन चाहन्थे । तर अनुराधाले लता र आशालाई ‘एकाधिकार’को आरोप लगाएपछि उनको करियर ओरालो लाग्यो ।

अनुराधाले सन् ७० को दशकमा गायन करियर सुरुवात गरेकी थिइन् । उनले सन् १९७३ मा रिलिज फिल्म ‘अभिमान’मा पहिलो गीत गाएकी थिइन् । यसपछि पाँच दशकसम्म लगातार उनले हिट गीत दिइन् । बलिउडमा टी–सिरिजले उनलाई प्रवेश गराएको थियो । फिल्म ‘हीरो’मा उनले गाएको गीत ‘तू मेरा जानु है’ उनको लोकप्रिय गीतमा पर्छ ।

बलिउडमा एकताका अनुराधा लता र आशाको प्रतिष्पर्धी थिइन् । उनलाई संगीतकर्मीले लताको विकल्पका रुपमा स्थापित गरिरहेका थिए । टी–सिरिजसँगको सहकार्यमा उनले कैयौं ब्लकबस्टर गीत र म्यूजिक एलबम दिइन् । गुलसन अनुराधाको गायनबाट प्रभावित थिए । त्यहीकारण उनलाई दोस्रो ‘लता मंगेशकर’को संज्ञा दिन थाले । तर उनकाविरुद्ध कैयौं अफवाह फैलन थाल्यो, जसकारण उनका करियरमा अवरोध पुग्यो ।

एक पटक अनुराधाले आफूले लताले भन्दा बढी गीत गाएको दाबी गरेकी थिइन् । उनले लता र आशामाथि ‘एकाधिकार’ को आरोप पनि लगाइन् । यो आरोप उनको करियरमा संकटको माध्यम बन्यो ।

लता र आशालाई आरोप लगाएपछि संगीतकर्मीहरुले उनको नजर अन्दाज गर्न थाले । यसबाहेक उनले लताले गाएको केही गीतलाई डब गर्न थालेपछि थप विवादमा तानिइन् । उनल लताले गाएको गीत ‘मै तेरी दुश्मन’ डब गराएकी थिइन् ।

यो विवादपछि पनि उनी हार मानिनन् । उनले ‘आशिकी’, ‘दिल है कि मानता नहीं’, र ‘बेटा’ जस्ता फिल्ममा गीत गाएर लगातार तीन फिल्म फेयर अवार्ड जितिन् । यसपछि उनलाई आफूले लतालाई ‘रिप्लेस’ गर्न सक्छु भन्ने दम्भ अझ बढ्यो । त्यसपछि उनले टी–सिरिजको मात्र गीत गाउने निर्णय लिइन् । जुन निर्णय उनको करियरकै लागि खतरनाक साबित भयो ।

टी–सिरिजकै गीत गाउने निर्णय लिएपछि उनी फिल्मी गीत गायनबाट बञ्चित भइन्न । उनले सिरिजकै उत्पादन धार्मिक गीत र भजन गाइन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको