Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल पुनर्बीमा कम्पनीले गरायो हकप्रदको रेटिङ, कति पायो ?

अर्थ संसार

मंगलबार, १६ कार्तिक २०७८, १५ : ०८ मा प्रकाशित

नेपाल पुनर्बीमा कम्पनीले गरायो हकप्रदको रेटिङ, कति पायो ?

नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले हकप्रद सेयर निष्कासनका लागि रेटिङ सम्पन्न गरेको छ ।

कम्पनीको हकप्रदलाई रेटिङ एजेन्सी इक्रा नेपालले इक्रा एनपि आइआर डबल एए माइनस रेटिङ प्रदान गरेको छ । यस्तो रेटिङले समयमै वित्तीय दायीत्व पुरा गर्न सक्ने उच्च क्षमता रहेको जनाउँछ । 

कम्पनीको असार ७ गते, सोमबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफा र सेयर प्रिमियमबाट चुक्तापुँजीको १६.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ३.५ प्रतिशत नगद गरी कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।

तर पछि पुनः बीमा समितिले आयकर खर्च सम्पति व्यवस्था गर्न र सेयर प्रिमियम हिसाबबाट बोनस सेयर वितरण गर्दा कर विवरणमा आय जनाई आयकर दायित्व लेखांकन गरी परिमार्जित वित्तीय विवरण पेश गर्न निर्देशन दिएको हुनाले लाभांश परिमार्जन गरी हाल कायम चुक्ता पुँजीको १६.५० प्रतिशत बोनस र कर प्रयोजनको लागि समेत गरी २.५० प्रतिशत नगद गरी कुल १९ प्रतिशत लाभांश वितरण गर्ने भएको हो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको