तिव्र गतिमा आफ्नो बजार विस्तार गरिरहेको स्मार्टफोन ब्रान्ड रियलमीले फ्लागसिपकिलर जीटी सिरीज अन्तर्गत रियलमी जीटी नियो २ नेपाली बजारमा यही कार्तिक २४ गते ल्याउने घोषणा गरेको छ । यो फोन आकर्षक शुरुवाती मूल्यमा उपलब्ध हुनेछ ।
जीटी सिरीज रियलमीको फ्लागसिप सिरीज अन्तर्गत पर्दछ जसमा प्रविधि प्रेमीहरुको लागि नवीन प्रविधि र आकर्षक डिजाइन विशेषताका रुपमा रहेका छन् । अधिकाँश स्मार्टफोनहरुल ेजीटी सिरीजको फ्लागसिपको व्यापक अनुभव गराउन सक्दैनन्, रियलमीले यस किसिमका प्रयोगकर्ताहरुको माग पुरा गर्ने लक्ष्य राखेर रियलमी जीटी नियो सिरीजलिएर आउँदैछन् । चीनको बजारमा सफल भइसकेको रियलमी जिटी नियो १० लाखभन्दा धेरै विक्री भइसकेको छ ।
नियो फ्लागसिपकिलर जसरी प्रस्तुत गरिएको रियलमी जीटी सिरीजको रियलमी जीटी नियो २ माक्वालकम स्नापड्रागन™ ८ सिरीज मोबाइल प्लाटफर्म ,अभूतपूर्व कुलिङ्ग सिस्टम, अल्ट्रा– हाइनमुना दर र शक्तिशाली ब्याट्री लाइफ रहेको छ जसको घोषणा सामाजिक सञ्जालमार्फत रियलमीकाको सीएमओ र चेसले गरेको थियो ।
डिजाइन सधैं रियलमी जीटी सिरीजको महत्वपुर्ण पक्ष रहेको छ, र यसपटक रियलमी जीटी नियो २ उच्चप्रविधि र जीवन्नतताको अवधारणा प्रस्तुत गर्नको लागि आकर्षक रंग नियो ग्रीनमा उपलब्ध हुनेछ ।
मूल्य घटाउनको लागिजीटी नियो २ ले गुणस्तरमा सम्झौतागर्दैन । सुपथ मूल्यमा समग्र रुपमा सुझबुझका साथ फरक दृष्टिकोण लिएर फ्लागसिपको आकर्षक अनुभवप्रदान गराउँदै उत्कृष्ट प्रदर्शन गर्ने स्मार्टफोन उपलब्ध गराउँदैछ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस