एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओलीले भगवान रामको जन्मभूमिको माडीको अयोध्यापुरी नै रहेको दाबी गरेका छन् ।
चितवनको माडी अयोध्याधामस्थित राम मन्दिरमा पूजाअर्चनापछि मंगलबार आयोजित आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले रामको जन्मभूमि माडीकै अयोध्यापुरी रहेको दाबी गरेका हुन् ।
गत वर्षको भानुभक्त जयन्तीका दिन माडीकै अयोध्यापुरीमा राम जन्मिएको अभिव्यक्ति दिएर विवादमा तानिएका ओलीले फेरि सोही अभिव्यक्ति दोहोर्याएर दाबी गरेका हुन् ।
रामको वास्तविक जन्मभूमि माडीको अयोध्यापुरी नै भएको भन्दै ओलीले भारतमा भएको अयोध्यापुरीको वास्तविक नाम फैजावाद भएको जिकीर गरे ।
माडी नै राम जन्मभूमी भएको भनेर पुष्टि हुने वाल्मीकि आश्रम, देवघाट र त्रिवेणी रहेको दलील गर्दै उनले आफूले अध्ययन गरेर नै यहाँकोबारेमा बताएको जानकारी दिए ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस