Like us!
Follow us!
Connect us!
Watch us!

जानकी फाइनान्सको नाफामा उछाल, कति पुग्यो ईपिएस ?

अर्थ संसार

बुधबार, १७ कार्तिक २०७८, ०६ : ५४ मा प्रकाशित

जानकी फाइनान्सको नाफामा उछाल, कति पुग्यो ईपिएस ?

जानकी फाइनान्स लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । प्रकाशित वित्तिय विवरण अनुसार फाइनान्सको खुद मुनाफामा उल्लेख्य बृद्धि भएको देखिन्छ । 

उक्त विवरण अनुसार पहिलो त्रैमाससम्म आइपुग्दा फाइनान्सले  २ करोड ७९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । उक्त नाफा रकम गत आर्थिक वर्षको यसै अवधिको तुलनामा १८९ प्रतिशतले बढि हो । गत आर्थिक वर्षको यसै अवधिमा फाइनान्सले ९६ लाख ६४ हजार रुपैयाँ मात्र खुद नाफा आर्जन गरेको थियो ।

पहिलो त्रैमाससम्म आइपुग्दा फाइनान्सले खुद व्याज आम्दानी पनि बढाएर ४ करोड ६ लाख रूपैयाँ पुर्याएको छ । उक्त व्याज आम्दानी गत आर्थिक वर्षको यसै अवधिको तुलनामा २३.५४ प्रतिशतले धेरै हो । गत आर्थिक वर्षको यसै अवधिमा फाइनान्सले ३ करोड २८ लाख रुपैयाँ खुद व्याज आम्दानी गरेको थियो । 

त्यसैगरी, फाइनान्सको चुक्ता पुँजी ६० करोड रुपैयाँ, प्रतिसेयर आम्दानी १८ रुपैयाँ ६२ पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ १६४ रुपैयाँ ५२ पैसा रहेको छ ।

फाइनान्सले सार्वजनिक गरेको वित्तीय विवरण यस प्रकारको छः

6181e1a746fdd.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको