Like us!
Follow us!
Connect us!
Watch us!

लक्ष्मी लघुवित्तको खुद मुनाफामा ६८ प्रतिशतको बृद्धि, ५८ रुपैयाँ पुग्यो ईपिएस

अर्थ संसार

बुधबार, १७ कार्तिक २०७८, ०७ : २३ मा प्रकाशित

लक्ष्मी लघुवित्तको खुद मुनाफामा ६८ प्रतिशतको बृद्धि, ५८ रुपैयाँ पुग्यो ईपिएस

लक्ष्मी लघुवित्त वित्तिय संस्था लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । प्रकाशित वित्तिय विवरण अनुसार संस्थाको खुद मुनाफामा बृद्धि भएको देखिन्छ । 

उक्त विवरण अनुसार पहिलो त्रैमाससम्म आइपुग्दा संस्थाले ४ करोड ६६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । उक्त नाफा रकम गत आर्थिक वर्षको यसै अवधिको तुलनामा ६८.४६ प्रतिशतले बढि हो । गत आर्थिक वर्षको यसै अवधिमा संस्थाले २ करोड ७७ लाख पैयाँ मात्र खुद नाफा आर्जन गरेको थियो ।

पहिलो त्रैमाससम्म आइपुग्दा संस्थाले खुद व्याज आम्दानी पनि बढाएर १३ करोड ५५ लाख रूपैयाँ पुर्याएको छ । उक्त व्याज आम्दानी गत आर्थिक वर्षको यसै अवधिको तुलनामा २०.८२ प्रतिशतले धेरै हो । गत आर्थिक वर्षको यसै अवधिमा संस्थाले ११ करोड २२ लाख रुपैयाँ खुद व्याज आम्दानी गरेको थियो । 

त्यसैगरी, संस्थाको चुक्ता पुँजी ३२ करोड रुपैयाँ, प्रतिसेयर आम्दानी ५८ रुपैयाँ ३५ पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ २२८ रुपैयाँ २३ पैसा रहेको छ ।

संस्थाले सार्वजनिक गरेको वित्तीय विवरण यस प्रकारको छः

6181e897375cf.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

सम्बन्धित खबर

धेरै पढिएको