Like us!
Follow us!
Connect us!
Watch us!

फरवार्ड माइक्रोफाइनान्सको आकर्षक लाभांश इतिहास, ४ वर्षमा लगानीकर्ताले कति कमाए ?

अर्थ संसार

बुधबार, १७ कार्तिक २०७८, १२ : ३५ मा प्रकाशित

फरवार्ड माइक्रोफाइनान्सको आकर्षक लाभांश इतिहास, ४ वर्षमा लगानीकर्ताले कति कमाए ?

पछिल्लो समय नेपालको सेयर बजारमा लघुवित्त कम्पनीहरूमा पनि लगानीकर्ताहरूको आकर्षण बढ्दै गइरहेको छ । कम्पनीहरुले दिने आकर्षक लाभांशका कारण पनि यी कम्पनीहरुमा लगानीकर्ताहरुको आकर्षण बढेको हो । नेप्सेमा सुचिकृत विभिन्न लघुवित्त कम्पनीहरुमध्ये फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तिय संस्था पनि लगानीकर्ताहरुको रोजाईको कम्पनी हो । 

कम्पनीले विगतमा गरेको लाभांश कै कारण यो कम्पनी लगानीकर्ताहरुको राजाईमा परेको हो । कम्पनीको ४ आर्थिक वर्षको लाभांश इतिहास नियाल्दा ४ वटा आर्थिक वर्षमध्ये संस्थाले सबैभन्दा धेरै आर्थिक वर्ष २०७३/७४ मा ६५ प्रतिशत लाभांश (५० प्रतिशत बोनस र १५ प्रतिशत नगद) वितरण गरेको थियो  भने सबैभन्दा थोरै आर्थिक वर्ष २०७६/७७ मा ३१.५८ प्रतिशत लाभांश (२५ प्रतिशत बोनस र ६.५८ प्रतिशत नगद) वितरण गरेको थियो ।

४ वर्ष अगाडि १०० कित्ता सेयर किन्ने लगानीकर्ताको सेयर संख्या विभिन्न आर्थिक वर्षहरूमा वितरण गरेको बोनसबाट अहिले बढेर ३१० कित्ता पुगेको छ ।

१. आर्थिक वर्ष २०७३/७४ः आर्थिक वर्ष २०७३/७४ मा पनि संस्थाले आफ्ना सेयरधनीहरूलाई ५० प्रतिशत बोनस र १५ प्रतिशत नगद गरि कूल ६५ प्रतिशत लाभांश वितरण गरेको थियो ।

२. आर्थिक वर्ष २०७४/७५ः आर्थिक वर्ष २०७४/७५ मा संस्थाले आफ्ना सेयरधनीहरूलाई २५ प्रतिशत बोनस र २० प्रतिशत नगद गरि कूल ४५ प्रतिशत लाभांश वितरण गरेको थियो ।

३. आर्थिक वर्ष २०७५/७६ः आर्थिक वर्ष २०७५/७६ मा संस्थाले आफ्ना सेयरधनीहरूलाई ३२.५ प्रतिशत बोनस र १२.५ प्रतिशत नगद गरि कूल ४५ प्रतिशत लाभांश वितरण गरेको थियो ।

४. आर्थिक वर्ष २०७६/७७ः आर्थिक वर्ष २०७६/७७ मा संस्थाले आफ्ना सेयरधनीहरूलाई २५ प्रतिशत बोनस र ६.५८ प्रतिशत नगद गरि कूल ३१.५८ प्रतिशत लाभांश वितरण गरेको छ ।

गत आर्थिक वर्षको अन्त्यसम्ममा लघुवित्तले ५७ करोड ४६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १८०.७९ प्रतिशत बढी हो । कम्पनीले मुनाफा वृद्धि गरेकोले पनि अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षको मुनाफाबाट आकर्षक लाभांश वितरण गर्न सक्ने देखिन्छ ।

अघिल्लो आर्थिक वर्षको अन्तिमसम्मा लघुवित्तको प्रतिसेयर आम्दानी ५९ रुपैयाँ १५ पैसा बढेर ९१ रुपैयाँ ८७ पैसा पुगेको थियो । अहिले कम्पनीको चुक्ता पुँजी ६२ करोड २५ लाख रुपैयाँ रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको