Like us!
Follow us!
Connect us!
Watch us!

फरवार्ड माइक्रोफाइनान्सको रिजर्भ ७२ प्रतिशले बढ्यो, ईपिएस १०० रुपैयाँ

अर्थ संसार

आइतबार, २२ साउन २०७९, ०७ : ०३ मा प्रकाशित

फरवार्ड माइक्रोफाइनान्सको रिजर्भ ७२ प्रतिशले बढ्यो, ईपिएस १०० रुपैयाँ

फरवार्ड माइक्रोफाइनान्स संस्था लिमिटेडले गत आर्थिक वर्ष २०७८/७९ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरण प्रकाशित गरेको छ । समिक्षा अवधिमा संस्थाको मुनाफामा बृद्धि आएको छ ।  

उक्त विवरण अनुसार चालु आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा संस्थाले ८४ करोड ५३ लाख खुद नाफा आर्जन गर्न सफल भएको छ । यो नाफा रकम गत वर्षको सोही अवधिको तुलनामा ६५.६५ प्रतिशतले बढि हो । गत वर्षको यसै अवधिमा संस्थाले ५१ करोड ३ लाख ३५ हजार रूपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

समिक्षा अवधिसम्म संस्थाको खुद व्याज आम्दानी भने ८.८५ प्रतिशतले बढेर १ अर्ब ३६ करोड ११ लाख रूपैयाँ पुगेको छ । गत वर्षको यसै अवधिमा संस्थाको खुद व्याज आम्दानी १ अर्ब २५ करोड ५ लाख रूपैयाँ रहेको थियो ।

चौथो त्रैमाससम्म आइपुग्दा सस्थाको सञ्चालन मुनाफा ४९.५१ प्रतिशतले बढेर ८४ करोड ५३ लाख ७६ हजार रूपैयाँ पुगेको छ । गत वर्ष संस्थाले ५१ करोड ३ लाख ३५ हजार रूपैयाँ सञ्चालन मुनाफा गरेको थियो । 

त्यस्तै, संस्थाको चुक्ता पुँजी ८४ करोड ४४ लाख रुपैयाँ र जगेडा कोषमा १ अर्ब ८४ करोड ७९ लाख ३२ हजार रुपैयाँ सञ्चित रहेको छ जुन गत आर्थिक बर्षको तुलनामा ७२ प्रतिशतले बढि हो । संस्थाको खराब कर्जा(एनपिएल) घटेर १.८३ प्रतिशतमा पुगेको छ । संस्थाको प्रतिसेयर आम्दानी (ईपीएस) १०० रुपैयाँ ११ पैसा र प्रतिसेयर नेटवर्थ ३१८ रुपैयाँ ८३ पैसा रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको