Like us!
Follow us!
Connect us!
Watch us!

तिहारमा ग्यापुबाट सामान खरिद गर्दा अप्रिलिया स्कुटर जित्ने अवसरसँगै आकर्षक अफर

अर्थ संसार

बुधबार, १७ कार्तिक २०७८, १६ : २३ मा प्रकाशित

तिहारमा ग्यापुबाट सामान खरिद गर्दा अप्रिलिया स्कुटर जित्ने अवसरसँगै आकर्षक अफर

नजिकिएको पर्व तिहार र छटको विशेष अवसरमा ग्यापुले आफ्ना ग्राहकहरूको लागि विभिन्न अफरहरू ल्याएको छ । यो तिहारमा ग्यापुबाट सामान खरिद गर्दा ८० प्रतिशतसम्मको छुटदेखि अप्रिलियाको स्कुटर जित्ने मौकासम्मको अफर घोषणा गरेको छ । ग्यापु अनलाइन सपिङबाट सामान खरिद गर्दा ग्राहकले छुटसँगै विभिन्न क्यासब्याक अफरहरू प्राप्त गर्न सक्छन् । 

ग्यापुबाट सामान खरिद गरेर एनसीसी बैंकको कार्ड वा स्मार्ट कार्डबाट भुक्तानी गर्दा ५०० रुपैयाँसम्मको २० प्रतिशत छुट प्राप्त गर्न सकिन्छ भने खल्ति डिजिटल वालेटबाट भुक्तानी गर्दा २०० रुपैयाँसम्मको १० प्रतिशत छुट प्राप्त गर्न सकिन्छ । त्यसैगरी फोनपेबाट भुक्तानी गर्दा ‘FONEPAY200’ भौचर कोड प्रयोग गर्दा २०० रुपैयाँसम्मको छुट पाउन सकिन्छ । 

माछापुछ्रे बैंकबाट भुक्तानी गर्दा ५०० रुपैयाँसम्मको १० प्रतिशत छुट पाउन सकिनेछ भने एनआईसी एसिया बैंकबाट भुक्तानी गर्दा १५०० रुपैयाँसम्मको १५ प्रतिशत छुट प्राप्त गर्नेछन् । त्यस्तै ईसेवाबाट भुक्तानी गर्दा भने २५०० रुपैयाँसम्मको १०० प्रतिशत सम्मको क्यासब्याक कात्तिक १३ देखि १७ गतेसम्मका ग्राहकले पाउनेछन् । हिमालय बैंकको डेबिट, क्रेडिट वा प्रिपेड कार्डबाट भुक्तानी गर्दा भने ५०० रुपैयाँसम्मको १५ प्रतिशत छुट प्राप्त हुनेछ । 

त्यसैगरी, प्रभुपे वालेटबाट भुक्तानी गर्ने ग्राहकहरू मध्ये १० जना भाग्याशाली विजेताले प्रभुपे वालेटमा १०१ रुपैयाँको टपअप हुनेछ भने एकजना भाग्यशाली विजेताले दुईजनाको लागि गोसाइकुण्डमा हेलिकप्टर राइड गर्ने अवसर पाउनेछन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको