Like us!
Follow us!
Connect us!
Watch us!

सेयर शिक्षा : नामसारी तथा रकम प्राप्ती कसरी हुन्छ ?

नेप्से

आइतबार, २१ कार्तिक २०७८, १४ : ०० मा प्रकाशित

सेयर शिक्षा : नामसारी तथा रकम प्राप्ती कसरी हुन्छ ?

पहिले खरिद गरेको धितोपत्रको प्रमाण–पत्र प्राप्त गर्न लागि लगानीकर्ताले आवश्यक विवरणहरु भरी दलाल मार्फत सम्बन्धित संगठित संस्थामा नामसारी गर्न पठाउनु पर्थ्यो । प्रचलित ऐनअनुसार यसरी नामसारीका लागि पठाईएको १५ दिनभित्र उक्त संस्थाले लगानीकर्तालाई नामसारीका सम्बन्धमा जानकारी गराउनुपर्ने व्यवस्था थियो ।

हाल विद्युतीय रुपमा धितोपत्रहरु हस्तान्तरण तथा नामसारी हुँदै आएको छ । धितोपत्र बिक्री गर्ने लगानीकर्ताको डिम्याट एकाउन्ट (सेयर खाता) बाट धितोपत्र डेबिट हुने (घट्ने) र खरिदकर्ताको डिम्याट एकाउन्टमा क्रेडिट हुने (थपिने) गरी व्यवस्था मिलाइएको छ ।

धितोपत्र बिक्री गरेको खण्डमा धितोपत्रको कारोबार राफसाफ भएपछि धितोपत्र दलालले कारोबार कमिसन कटाई बाँकी रकम बिक्रीकर्तालाई तुरुन्त भुक्तानी दिनु पर्दछ ।

(श्राेत : नेपाल स्टक एक्सचेञ्ज)

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको