Like us!
Follow us!
Connect us!
Watch us!

एनआईसी एशिया लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम माैका

अर्थ संसार

सोमबार, २२ कार्तिक २०७८, १० : २० मा प्रकाशित

एनआईसी एशिया लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम माैका

एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडकाे लाभांश सुरक्षित गर्ने आज (कार्तिक २२ गते, साेमबार) अन्तिम दिन रहेकाे छ । 

संस्थाले साधारण सभा तथा लाभांश वितरण प्रयाेजनका लागि भाेलि (कार्तिक २३ गते, मंगलबार) बुकक्लाेज गर्ने भएकाे छ । त्यसैले, आज (कार्तिक २२ गते, साेमबार) सम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा काराेबार भई कायम हुने शेयरधनीहरूले मात्र साधारण सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् । 

संस्थाकाे चाैँथाे वार्षिक साधारण सभा मंसिर ५ गते आइतबार, धरान ब्याङ्क्वेट, धरान–१३, सुनसरीमा हुँदैछ ।

सभामा संस्थाकाे असाेज १८ गते, साेमबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई चुक्ता पूँजीको ५.४१ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ । 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको